मंसिर अन्तिमबाट सेना परिचालन

मंसिर अन्तिमबाट सेना परिचालन

cabinet

प्रतिनिधिसभा निर्वाचनभन्दा तीन महिनाअघि नै सेना परिचालन हुने भएको छ। शान्ति सुरक्षाको अवस्था कमजोर रहेको भन्दै सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि माहोल तयार पार्न तीन महिनाअघि सेना परिचालन गर्न लागेको हो।

आसन्न निर्वाचनको प्रयोजनार्थ सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति प्रदान गरिसकेका छन्। त्यसकारण सरकारले यही मंसिरको अन्तिम साताबाट सेना परिचानको तयारी गरेको हो।

मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यसअघि मंसिर ४ गते बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सेना परिचालन गर्ने निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो। राष्ट्रपति पौडेलले बिहीबार मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds