चोरीको मोटरसाइकलसहित दुई किशोर पक्राउ

चोरीको मोटरसाइकलसहित दुई किशोर पक्राउ

arrests-pic-1

स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ८ भीआईपी टोलबाट चोरी भएको मोटरसाइकलसहित दुई जना किशोर पक्राउ परेका छन् ।

गत बिहीबार साँझ वालिङ् -९ सुर्कौदीस्थित दरबारचोकबाट चोरी भएको मोटरसाइकलसहित फरार रहेका वालिङ् नगरपालिका -२ का दुई किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए । पक्राउ परेका किशोरहरुको उमेर करिब १६ वर्ष रहेको जनाइएको छ ।

लु ४२ प १९७१ नम्बरको बजाज कम्पनीको १५० सिसिको रातो–कालो रंगको पल्सर मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका किशोरहरुलाई शुक्रबार जिल्ला अदालत स्याङ्जामा पेश गरिएको डिएसपी चौधरीले बताए ।

अहिले अनुसन्धानका लागि पाँच दिन थप म्याद लिइएको जानकारी दिंदै चौधरीले अनुसन्धान कार्य जारी रहेको बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ