स्याङ्जाबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

स्याङ्जाबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

uml-logo-1

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि स्याङ्जाबाट प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन् ।

स्याङ्जा सङ्घीय निर्वाचन क्षेत्र नं. १ मा खुला तर्फ नारायण प्रसाद मरासिनी, सुधिर कुमार पौडेल, महेश पुरी र चुनप्रसाद शर्मा प्रतिनिधि बनेका छन् । महिलाबाट चिनमाया गुरुङ र तारा शर्मा तथा युवा प्रतिनिधिमा अमृत नेपाली चयन भएका छन् ।

यस्तै, सङ्घीय क्षेत्र नं. २ मा खुलाबाट सुर्यप्रसाद गैह्रे (पारस), रामचन्द्र भट्टराई र खिम बहादुर थापा चयन भएका छन् । महिलाबाट खगीसरा थापा, भेमला बराल र ४० वर्षमुनिका युवाबाट विश्वनाथ अर्याल प्रतिनिधि बनेका छन् । दलित समुदायबाट मेघबहादुर सार्की र तिलकराम नेपाली चयन भएको नेकपा एमाले स्याङ्जाले जनाएको छ ।

कुल १५ प्रतिनिधिका लागि ८४ जनाले आवेदन दिएका थिए । दुई दिनको छलफलपछि सर्वसम्मत सहमति जुटाएर प्रतिनिधिहरु चयन गरिएको नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिए ।

नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने तय भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ