पोखरा । इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौरमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ विभागले आयोजना गरेको कार्यक्रममा क्याम्पस प्रमुख निर्मल बरालले क्याम्पसमा पालना गर्नुपर्ने नियम–कानून, शैक्षिक अनुशासन र क्याम्पस वातावरणको महत्त्वबारे विद्यार्थीलाई अवगत गराउँदै चार वर्षको इन्जिनियरिङ यात्रा सफल र फलदायी होस् भन्ने शुभकामना व्यक्त गरे।

विशेष अतिथि नेपाल टेलिकमकी सिनियर इन्जिनियर तथा पश्चिमाञ्चल क्याम्पसकै पूर्व विद्यार्थी संजिता लामिछानेले इन्जिनियरिङ शिक्षा राष्ट्र विकासको महत्वपूर्ण आधार भएको बताउँदै प्रविधि क्षेत्रले देश निर्माणमा पुर्याउने योगदानबारे विस्तृत विश्लेषण प्रस्तुत गरिन्।
विभागीय प्रमुख होमनाथ तिवारीले नयाँ विद्यार्थीलाई इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ शाखाको महत्व, भविष्यका अवसरहरू तथा अध्ययनमा अनुशासनको आवश्यकताबारे मार्गदर्शन दिए।

विभागीय उपप्रमुख रमेश थापाले सञ्चालन गरेको कार्यक्रममा इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ विभागका प्राध्यापकहरू स्मिता अधिकारी, खेमराज कोइराला, नविन लामिछाने, सिताराम पोखरेल, विष्णुहरी पौडेल, राज किरण छत्कुली, सुदिप दाहाल, रोशन सुवेदी र उर्बरा भण्डारीको उपस्थिति रहेको थियो।

अभिमुखी कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई क्याम्पस जीवन, शैक्षिक दिशानिर्देशन, विभागीय संरचना तथा भविष्यको तयारीबारे स्पष्ट बुझाइ प्रदान गर्दै उपयोगी मञ्चको रूपमा काम गरेको आयोजकले जनाएको छ।
क्याम्पसका अन्य विभागले पनि नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको क्याम्पसले जनाएको छ ।
सिभिल इन्जिनियरिङ विभागले आयोजना गरेको कार्यक्रममा विशेष अतिथिका रूपमा डा. राजन भट्टराई उपस्थित रहेका थिए।

इलेक्ट्रिकल इन्जिनियरिङ विभागको ओरियन्टेसन कार्यक्रममा नेपाल विद्युत प्राधिकरण, गण्डकीका निर्देशक इन्जिनियर, पूर्व विद्यार्थी सुरज गौतमको विशेष उपस्थिति रहेको थियो।
जियोम्याटिक्स इन्जिनियरिङ विभागमा नेदरल्यान्ड्स आईसीटीका फ्याकल्टी सदस्य तथा पश्चिमाञ्चल क्याम्पसकै पूर्व विद्यार्थी डा. अशोक दाहालको सहभागिता रहेको थियो। यस्तै, मेकानिकल इन्जिनियरिङ विभागको कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका अनिल पछाई विशेष अतिथि भएर उपस्थित भएका थिए।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर