पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण

स्वागत तथा अभिमुखीकरण

पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण

'इन्जिनियरिङ शिक्षा राष्ट्र विकासको महत्वपूर्ण आधार'

wrc electronic (1)

पोखरा । इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौरमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ विभागले आयोजना गरेको कार्यक्रममा क्याम्पस प्रमुख निर्मल बरालले क्याम्पसमा पालना गर्नुपर्ने नियम–कानून, शैक्षिक अनुशासन र क्याम्पस वातावरणको महत्त्वबारे विद्यार्थीलाई अवगत गराउँदै चार वर्षको इन्जिनियरिङ यात्रा सफल र फलदायी होस् भन्ने शुभकामना व्यक्त गरे।

विशेष अतिथि नेपाल टेलिकमकी सिनियर इन्जिनियर तथा पश्चिमाञ्चल क्याम्पसकै पूर्व विद्यार्थी संजिता लामिछानेले इन्जिनियरिङ शिक्षा राष्ट्र विकासको महत्वपूर्ण आधार भएको बताउँदै प्रविधि क्षेत्रले देश निर्माणमा पुर्याउने योगदानबारे विस्तृत विश्लेषण प्रस्तुत गरिन्।

विभागीय प्रमुख होमनाथ तिवारीले नयाँ विद्यार्थीलाई इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ शाखाको महत्व, भविष्यका अवसरहरू तथा अध्ययनमा अनुशासनको आवश्यकताबारे मार्गदर्शन दिए।

विभागीय उपप्रमुख रमेश थापाले सञ्चालन गरेको कार्यक्रममा इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ विभागका प्राध्यापकहरू स्मिता अधिकारी, खेमराज कोइराला, नविन लामिछाने, सिताराम पोखरेल, विष्णुहरी पौडेल, राज किरण छत्कुली, सुदिप दाहाल, रोशन सुवेदी र उर्बरा भण्डारीको उपस्थिति रहेको थियो।

अभिमुखी कार्यक्रमले नयाँ विद्यार्थीहरूलाई क्याम्पस जीवन, शैक्षिक दिशानिर्देशन, विभागीय संरचना तथा भविष्यको तयारीबारे स्पष्ट बुझाइ प्रदान गर्दै उपयोगी मञ्चको रूपमा काम गरेको आयोजकले जनाएको छ।

क्याम्पसका अन्य विभागले पनि नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम गरेको क्याम्पसले जनाएको छ ।

सिभिल इन्जिनियरिङ विभागले आयोजना गरेको कार्यक्रममा विशेष अतिथिका रूपमा डा. राजन भट्टराई उपस्थित रहेका थिए।

इलेक्ट्रिकल इन्जिनियरिङ विभागको ओरियन्टेसन कार्यक्रममा नेपाल विद्युत प्राधिकरण, गण्डकीका निर्देशक इन्जिनियर, पूर्व विद्यार्थी सुरज गौतमको विशेष उपस्थिति रहेको थियो।

जियोम्याटिक्स इन्जिनियरिङ विभागमा नेदरल्यान्ड्स आईसीटीका फ्याकल्टी सदस्य तथा पश्चिमाञ्चल क्याम्पसकै पूर्व विद्यार्थी डा. अशोक दाहालको सहभागिता रहेको थियो। यस्तै, मेकानिकल इन्जिनियरिङ विभागको कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका अनिल पछाई विशेष अतिथि भएर उपस्थित भएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ