भारतको महाराष्ट्र प्रदेशस्थित नान्देडमा २० वर्षीया युवतीले हत्या गरिएका प्रेमीको शवसँग विवाह गरेकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना नान्देडको इतवारा क्षेत्रको हो। जहाँ आँचल नामकी युवतीले फरक जातका २२ वर्षीय सक्षम टेटे नामका युवकसँग प्रेम गर्थिन्।
तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू विवाह गर्न चाहन्थे, तर सक्षम फरक जातका भएकाले आँचलको परिवारले यो सम्बन्धलाई अस्वीकार गर्यो। परिवारले आँचललाई उनीबाट अलग हुन दबाब दिइरहेको थियो।

यसैबीच जब आँचलले उनीसँग विवाह गर्न लागेको चाल पाए तब उनका दाजुभाइ र बुबाले बिहीबार टेटलाई भेटघाटका लागि भन्दै बोलाएर पहिले कुटपिट गरे, त्यसपछि टाउकोमा गोली हाने र अन्त्यमा टाउको ढुंगाले किच्दै मारे।
यसपछि सक्षम टेटेको अन्तिम संस्कार गर्ने प्रक्रिया चलिहरकाे बेला आँचल उनको घर पुगिन्।
उनले सक्षमको शरीरमा हल्दी लगाइन्, अनि उनको हातमार्फत आफ्नो निधारमा सिन्दूर लगाइन् र प्रेमीको मृत शरीरसँग विवाह गरेको घोषणा गरिन्। त्यसपछि उनले आफ्नो बाँकी जीवन उनकै घरमा उनकी श्रीमतीका रूपमा बस्ने निर्णय गरिन्।

यसपछि हत्यारा बुबा र दाजुभाइलाई मृत्युदण्डको माग गर्दै उनले भनिन्, ‘उनको मृत्युमा पनि हाम्रो प्रेमले जित्यो र मेरा बुबा र दाजुभाइले हारे।’
उनले अगाडि भनिन्, ‘मैले यसकारण उनीसँग विवाह गरेँ, किनभने सक्षमको मृत्यु भए पनि उनको प्रेम जीवित छ।’
यसैबीच प्रहरीले हत्या घटनामा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ गरिएकाहरूमा गजानन बालाजिराव मामिलवाड, साहिल मामिलवाड, हिमेश मामिलवाड, जयश्री मदनसिंह ठाकुर, सोमेश लाखे र वेदान्त कुन्डेकर छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सम्बन्धित खबर
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति