स्याङ्जाबाट नेपाली कांग्रेसका ३३ जनाको नाम सिफारिस

स्याङ्जाबाट नेपाली कांग्रेसका ३३ जनाको नाम सिफारिस

दुवै क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ भीडभाड

SYANGJA_11

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाले जिल्लाबाट ३३ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । जिल्लामा रहेका दुई निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ आकांक्षीहरूको भीड देखिएको छ ।

क्षेत्र नम्बर १ : १५ जनाको सिफारिस
यस क्षेत्रबाट प्रत्यक्षतर्फ ११ जनाले दाबी गरेका छन् । उनीहरूमा धनराज गुरुङ, राजु थापा, मेखलाल श्रेष्ठ, गोविन्दबहादुर रानाभाट, खुमाप्रसाद अर्याल, बुद्धिबहादुर राना (कुमार), इन्द्रबहादुर रिजाल, अजित अधिकारी खेत्री, प्रेमराज पौडेल, भरतराज ढकाल र बन्दना कुमारी लम्साल छन् ।

यस्तै, समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरिएको छ । तुलसी गिरी, धनकुमारी थापा, नारायण ढकाल र दिलिपाश्री अधिकारीको नाम सूचीमा छ ।

क्षेत्र नम्बर २ : १८ जनाको सिफारिस
कांग्रेसको क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ १२ जना आकांक्षी अगाडि आएका छन् । धनराज गुरुङ, गोपालमान श्रेष्ठ, खुमाप्रसाद अर्याल, भागवतप्रकाश मल्ल, मोहनप्रसाद पाण्डे, शेषकान्त पुरी, केदार काफ्ले, विष्णु पौडेल, युवराज पाण्डे, श्याम बस्याल, ध्रुव शर्मा पंगेनी र माया रानाको नाम सिफारिस गरिएको कांग्रेस जिल्ला सभापति राजु थापाले जानकारी दिए ।

यसैगरी, समानुपातिकतर्फ ६ जनाको नाम सूचीबद्ध छ । भूमा शर्मा पाण्डे, तुलसी नेपाली, देवका राना, विमला श्रेष्ठ, लिलबहादुर रनपाल र सूर्य माझी समावेश छन् ।

आगामी चुनावलाई लक्षित गर्दै दुवै क्षेत्रमा आकांक्षीहरूको संख्या धेरै देखिएकोले कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा चर्किएको छ । अन्तिम उम्मेदवारको टुंगो भने केन्द्रले गर्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ