पोखरा। गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखरा र नेपाल पुस्तकालय सङ्घ, गण्डकी प्रदेशको संयुक्त आयोजनामा दुई दिने पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न भएको छ।
पोखरा सार्वजनिक पुस्तकालय, नयाँबजार, पोखराको सभाहलमा सम्पन्न उक्त तालिममा गण्डकी प्रदेशभित्रका विभिन्न शैक्षिकसंस्थाहरु पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, गण्डकी बहुप्राविधिक विद्यालय, नेपाल मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा वन विज्ञान अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, धवलागिरी बहुमुखी क्याम्पस उच्च अदालत पोखरा, उच्च अदालत पोखरा, बागलुङ इजलास, राजस्व न्यायधिकरण पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रटिस्ठान पुस्तकालय लगायत विभिन्न कलेज र सामुदायिक तथा सार्वजनिक पुस्तकालयबाट ३० जना सहभागीहरूको उपस्थिति रहेको थियो ।
तालिमको उद्घाटन गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान, पोखराका कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीले गरेका थिए । उद्घाटन कार्यक्रममा पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष अर्जुन श्रेष्ठले सार्वजनिक पुस्तकालयहरूको संरक्षण र प्रवर्द्धन गर्नु हामी सबैको दायित्व भएको कुरामा जोड दिए ।
पोखरा विश्वविद्यालयका सह–प्रशासक डा। रबिन्द्र घिमिरेले तालिममा सिकेका ज्ञान र सीपहरूले दैनिक कार्य सहज, छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग पुग्ने बताए । यस्ता तालिमहरूले कर्मचारीहरूको वृत्ति विकास र कार्यसम्पादन क्षमतामा सकारात्मक प्रभाव पार्ने भएकाले तालिम अवधिभर प्रशिक्षक तथा सहजीकरणकर्ताले सिकाएका कुरामा ध्यानपूर्वक मनन गर्नुपर्ने कुरामा उनले जोड दिए ।
तालिममा पोखरा विश्वविद्यालयका सह–प्रशासक डा। रबिन्द्र घिमिरे, वन विज्ञान संस्थाका लाइब्रेरियन सूर्य क्षेत्री, पोखरा विश्वविद्यालयका लाइब्रेरियन तथा नेपाल पुस्तकालय सङ्घका अध्यक्ष मीना डल्लाकोटी, पोखरा विश्वविद्यालयका लाइब्रेरियन दुर्गा प्रसाद आचार्य, पृथ्वी नारायण बहुमुखी क्याम्पसका लाइब्रेरियन किशोर सुबेदी तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका तालिम सम्योजक सुवर्ण आचार्यले सहजीकरण गरेका थिए ।
तालिमका सहभागीहरूको तर्फबाट मणिपाल कलेज अफ मेडिकल साइन्सेजका सहायक प्रबन्धक खिम लामिछाने काजीले बोल्दै पुस्तकालय व्यवस्थापनसम्बन्धी यस तालिमले आधुनिक पुस्तकालय सञ्चालन, स्रोत–साधनको प्रभावकारी उपयोग, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा पाठक–मैत्री वातावरण सिर्जनामा अत्यन्तै ठूलो सहयोग पुगेको बताए ।
उनले यस तालिमबाट प्राप्त ज्ञान र सीपहरू आफ्नो–आफ्नो संस्थागत पुस्तकालयमा व्यवहारिक रूपमा प्रयोग गर्न सकिने भएकाले पुस्तकालय व्यवस्थापन अझ व्यवस्थित, प्रविधिमैत्री र दिगो बन्ने विश्वास व्यक्त गरे । साथै, यस्तो किसिमको तालिमले पुस्तकालयकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै शिक्षण–अध्ययन र अनुसन्धानलाई समेत सशक्त बनाउने उनको धारणा रहेको थियो।
प्रतिष्ठानका पोखरास्थित कार्यकारी निर्देशक सुरेन्द्र बाबु तिवारीले जीवनमा उत्प्रेरणा कायम राख्न र मनोबल उच्च बनाउनका लागि मानवले अपनाउनुपर्ने व्यवहारहरूबारे आफ्ना विचारहरू प्रस्तुत गरे ।
तालिमको समापन समारोहका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा। डा। इन्द्र प्रसाद तिवारीले पुस्तकालयको महत्वबारे प्रकाश पार्दै समयानुसार पुस्तकालयलाई अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याए।
साथै, उनले पुस्तकालय कर्मीहरूले अनुसन्धानकर्ताहरूलाई सहयोग गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विषयमा जानकारी दिए । अन्त्यमा, सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु