स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी

स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी

Aagalagi-arjp-kaure

जिल्लाका दुई फरक ठाउँमा विद्युत सर्टका कारण आगलागी हुँदा ठूलो धनमाल क्षति भएको छ । धनमाल क्षति भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

अर्जुनचौपारी गाउँपालिका–५ काउरेमा शनिबार दिउँसो करिब ३ बजे कुलबहादुर विकको ढुङ्गा–माटोले बनेको जस्ताले छाएको दुईतले कच्ची घरमा करेन्ट सर्ट भई आगलागी भएको हो । आगलागीको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलि र स्थानीयको सहयोगमा साँझ पाँच बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरसहित जस्ताको छानो भएको भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको र भान्सामा राखिएको धान करिब ७ मुरी, मकै ५ मुरी, कोदो ९ मुरी, घरभित्र रहेको ४ तोला सुन र नगद १ लाख ६० हजार रुपैयाँ जलेर नष्ट हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिए । उनका अनुसार घटनापछि तीन जनाको परिवार आफन्तको घरमा बस्दै आएको छ ।

यस्तै, आइतबार बिहान स्याङ्जा सदरमुकाम नजिकै पुतलीबजार नगरपालिका–१० सुम्रेखोलामा पनि करेन्ट सर्टकै कारण आगलागी भएको छ । स्थानीय शालिकराम अर्यालको एकतले पक्की घरको सटर कोठामा सञ्चालनमा रहेको अतिरिक्त हुलाक सेवाको कार्यालय र सोही स्थानको किराना पसलमा बिहान करिब ५ बजे आगलागी भएको हो ।

खबर प्राप्त हुनासाथ प्रहरी टोली र नगरपालिकाको दमकल खटी करिब ३५ मिनेटको प्रयासपछि बिहान साढे ५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस घटनामा पनि मानवीय क्षति नभएको र क्षतिको विवरण संकलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ