स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सव हुने भएको छ । पुस ७ गतेदेखि ९ गतेसम्म पालिकाको खेलमैदानमा महोत्सव आयोजना गरिने प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले जानकारी दिए ।
महोत्सवअन्तर्गत पालिकाभित्रका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीबीच छात्र–छात्रा मेमोरी टेस्ट, इन-आउट, ब्यालेन्स रेस, क्वीक रेस्पोन्स, चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य, डोरी तान्ने, हट पोट्याटो, वाटर रिले दौड, रिले दौड, बोरा दौड, हाइजम्प, लङजम्प, ट्रिपल जम्प, शटपुट, कबड्डी, ज्याभ्लिन थ्रो, भलिबल, बिच भलिबल तथा विभिन्न दूरीका दौड प्रतियोगिता सञ्चालन हुने अर्यालले बताए ।
पालिकाभित्रका २९ वटा विद्यालयका विद्यार्थीहरू महोत्सवमा सहभागी हुने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए । प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको एक लाख रुपैयाँ बराबरको बीमा गरिने व्यवस्था गरिएको छ ।
विद्यालय तहका विद्यार्थीमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने, प्रतिस्पर्धामार्फत प्रतिभावान खेलाडी छनोट गर्ने तथा उनीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्ने उद्देश्यले राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव आयोजना गरिएको अध्यक्ष तिवारीको भनाइ छ ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?