एमाले सचिवमा ओली प्यानलबाट महेश बस्नेतले सर्वाधिक मत पाउँदा पोखरेल प्यानलका गोकुल बाँस्कोटा पराजित

राजनीति

एमाले सचिवमा ओली प्यानलबाट महेश बस्नेतले सर्वाधिक मत पाउँदा पोखरेल प्यानलका गोकुल बाँस्कोटा पराजित

gokul mahesh

काठमाडौँ — पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा एमाले सचिवमा पराजित भएका छन् । यसअघि स्थायी कमिटी सदस्य रहेका बास्कोटा झिनो मतान्तरले सचिवमा पराजित भएका हुन् ।

११औं महाधिवेशनमा एमालेमा ९ जना सचिव चुनिएका छन् । बास्कोटा १ हजार ३० मतसहित दसौं स्थानमा रहे । उनीअगाडि रहेका पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकालले १ हजार १ सय ८ मत प्राप्त गरे ।

सचिवमा ९ जनै ओली प्यानलका उम्मदेवार विजयी भएका हुन् । सचिवमा निर्वाचित हुनेहरूमध्ये महेश बस्नेतले सबैभन्दा बढी १ हजार ५ सय ४४ मत प्राप्त गरे । यस्तै, दोस्रो स्थानमा पद्माकुमारी अर्याल (१५३०) छिन् ।

छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कँडेलले ११८५ र राजन भट्टराईले (११८१) मत ल्याई सचिवमा निर्वाचित भएका छन् ।

अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन् । ओलीले १ हजार ६ सय ६३ मत ल्याएका भने अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरे ।

यस पटक एमाले नेतृत्व चयनका लागि २ हजार २ सय २७ मत खसेको थियो । एमाले ११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार ३६ जना महाधिवेशन प्रतिनिधि अनुपस्थित भए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ