नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत प्राप्त गरेका छन् ।
गुरुङले १ हजार ७ सय ३७ मत ल्याउँदै पदाधिकारीमध्ये सबैभन्दा लोकप्रिय मत हासिल गरेका हुन् ।
उपाध्यक्षमा विजयी गुरुङले अध्यक्षमा तेस्रो पटक निर्वाचित केपी शर्मा ओलीभन्दा पनि बढी मत ल्याएका छन् । अध्यक्ष ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका थिए भने गुरुङले ७४ मत बढी ल्याएका हुन् ।
उपाध्यक्षमा गुरुङपछि उनैले नेता मानेका विष्णुप्रसाद पौडेल १ हजार ६ सय ७५ मत र रामबहादुर थापाले १ हजार ५ सय १६ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै पोखरेल समूहबाट उम्मेदवार बनेका पूर्वसचिव गोकर्ण विष्ट १ हजार ३ सय ६८ मतसहित उपाध्यक्षमा विजयी भएका छन् । संस्थापन पक्षको सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त पनि १ हजार २ सय ५८ मतसहित उपाध्यक्षमा निर्वाचित भएका छन् ।
१९ सदस्यीय पदाधिकारीमध्ये उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याउँदै विजयी भएका गुरुङ पूर्वउपमहासचिवसमेत हुन् । उनको मत परिणामले पार्टीभित्र बलियो जनसमर्थन रहेको संकेत गरेको नेताहरूले बताएका छन् ।
अन्य पदाधिकारीतर्फ उपमहासचिवमा लेखराज भट्टले सबैभन्दा बढी १ हजार ४ सय ५२ मत प्राप्त गरेर निर्वाचित भएका छन् । सचिवमा महेश बस्नेतले १ हजार ५ सय ४४ मत ल्याउँदै सर्वाधिक मत पाएर विजयी भए । शंकर पोखरेल १ हजार २ सय २८ मतसहित सचिवमा निर्वाचित भए ।
महाधिवेशनको मत परिणामले एमालेको आगामी नेतृत्व संरचना र आन्तरिक शक्ति सन्तुलन स्पष्ट देखिएको विश्लेषण गरिएको छ ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह