नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत प्राप्त गरेका छन् ।
गुरुङले १ हजार ७ सय ३७ मत ल्याउँदै पदाधिकारीमध्ये सबैभन्दा लोकप्रिय मत हासिल गरेका हुन् ।
उपाध्यक्षमा विजयी गुरुङले अध्यक्षमा तेस्रो पटक निर्वाचित केपी शर्मा ओलीभन्दा पनि बढी मत ल्याएका छन् । अध्यक्ष ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका थिए भने गुरुङले ७४ मत बढी ल्याएका हुन् ।
उपाध्यक्षमा गुरुङपछि उनैले नेता मानेका विष्णुप्रसाद पौडेल १ हजार ६ सय ७५ मत र रामबहादुर थापाले १ हजार ५ सय १६ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै पोखरेल समूहबाट उम्मेदवार बनेका पूर्वसचिव गोकर्ण विष्ट १ हजार ३ सय ६८ मतसहित उपाध्यक्षमा विजयी भएका छन् । संस्थापन पक्षको सूचीमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका रघुजी पन्त पनि १ हजार २ सय ५८ मतसहित उपाध्यक्षमा निर्वाचित भएका छन् ।
१९ सदस्यीय पदाधिकारीमध्ये उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याउँदै विजयी भएका गुरुङ पूर्वउपमहासचिवसमेत हुन् । उनको मत परिणामले पार्टीभित्र बलियो जनसमर्थन रहेको संकेत गरेको नेताहरूले बताएका छन् ।
अन्य पदाधिकारीतर्फ उपमहासचिवमा लेखराज भट्टले सबैभन्दा बढी १ हजार ४ सय ५२ मत प्राप्त गरेर निर्वाचित भएका छन् । सचिवमा महेश बस्नेतले १ हजार ५ सय ४४ मत ल्याउँदै सर्वाधिक मत पाएर विजयी भए । शंकर पोखरेल १ हजार २ सय २८ मतसहित सचिवमा निर्वाचित भए ।
महाधिवेशनको मत परिणामले एमालेको आगामी नेतृत्व संरचना र आन्तरिक शक्ति सन्तुलन स्पष्ट देखिएको विश्लेषण गरिएको छ ।
सम्बन्धित खबर
एमाले फर्किएकी झाँक्री केन्द्रीय सदस्यमा लोकप्रिय मतले निर्वाचित
रवि लामिछाने भोलि मात्र छुट्ने
गण्डकीका खगराज अधिकारी सचिव पदमा विजयसँगै पदाधिकारीमा इन्ट्री, पद्मा दोहोरिइन्
महासचिव नपाएपछि उपाध्यक्ष त्याग्दै केन्द्रीय सदस्यको उम्मेदवार बनेका ज्ञवाली सर्वाधिक मतले निर्वाचित
एमाले पदाधिकारीमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङलाई सर्वाधिक मत
महासचिवमा टक्कर दिएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्य पदमा पराजित
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?