नेकपा एमालेको ११ औं महाधिवेशनबाट गण्डकीका अग्रणी नेता खगराज अधिकारी पदाधिकारीमा समेटिएका छन् ।
सचिव पदमा विजयसँगै खगराजले पदाधिकारीमा इन्ट्री गरेका हुन् । निवर्तमान सचिव पद्मा अर्याल दोहोरिएकी छिन् ।
अर्का अग्रणी नेता उपमहासचिव पृथ्वीसुब्बा गुरूङले पदाधिकारीमध्येमै सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा निर्वाचत भएका छन् ।
गण्डकीका तीनै शीर्ष नेता अध्यक्ष केपी शर्मा ओली प्यानलमा रहेर चुनाव जिते । माथि एकै लाइनमा रहेपनि प्रदेशमा कसरी राजनीति अघि बढाउने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

सचिवमा अत्यधिक मतका साथ महेश बस्नेत विजयी भएका छन्। ९ जना सचिव पदमा उम्मेदवारी दिएका कुल २० जनामध्ये बस्नेतले १५४४ मत हासिल गरेका हुन्।
त्यसैगरी सचिव पदमा पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कंडेलले ११८५, राजन भट्टराईले ११८१, भानुभक्त ढकालले ११०८ मतसहित सचिव पदमा निर्वाचित भएका छन्।
सचिव पदका लागि उम्मेदवारी दिएका गोकुलप्रसाद बास्कोटाले झिनो मतले सचिव पदबाट हारेका छन्। उनले १०३० मत प्राप्त गरेका छन्।
सम्बन्धित खबर
एमाले फर्किएकी झाँक्री केन्द्रीय सदस्यमा लोकप्रिय मतले निर्वाचित
रवि लामिछाने भोलि मात्र छुट्ने
गण्डकीका खगराज अधिकारी सचिव पदमा विजयसँगै पदाधिकारीमा इन्ट्री, पद्मा दोहोरिइन्
महासचिव नपाएपछि उपाध्यक्ष त्याग्दै केन्द्रीय सदस्यको उम्मेदवार बनेका ज्ञवाली सर्वाधिक मतले निर्वाचित
एमाले पदाधिकारीमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङलाई सर्वाधिक मत
महासचिवमा टक्कर दिएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्य पदमा पराजित
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?