नेकपा एमालेको ११ औं महाधिवेशनबाट गण्डकीका अग्रणी नेता खगराज अधिकारी पदाधिकारीमा समेटिएका छन् ।
सचिव पदमा विजयसँगै खगराजले पदाधिकारीमा इन्ट्री गरेका हुन् । निवर्तमान सचिव पद्मा अर्याल दोहोरिएकी छिन् ।
अर्का अग्रणी नेता उपमहासचिव पृथ्वीसुब्बा गुरूङले पदाधिकारीमध्येमै सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा निर्वाचत भएका छन् ।
गण्डकीका तीनै शीर्ष नेता अध्यक्ष केपी शर्मा ओली प्यानलमा रहेर चुनाव जिते । माथि एकै लाइनमा रहेपनि प्रदेशमा कसरी राजनीति अघि बढाउने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

सचिवमा अत्यधिक मतका साथ महेश बस्नेत विजयी भएका छन्। ९ जना सचिव पदमा उम्मेदवारी दिएका कुल २० जनामध्ये बस्नेतले १५४४ मत हासिल गरेका हुन्।
त्यसैगरी सचिव पदमा पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कंडेलले ११८५, राजन भट्टराईले ११८१, भानुभक्त ढकालले ११०८ मतसहित सचिव पदमा निर्वाचित भएका छन्।
सचिव पदका लागि उम्मेदवारी दिएका गोकुलप्रसाद बास्कोटाले झिनो मतले सचिव पदबाट हारेका छन्। उनले १०३० मत प्राप्त गरेका छन्।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह