एमाले फर्किएकी झाँक्री केन्द्रीय सदस्यमा लोकप्रिय मतले निर्वाचित

राजनीति

एमाले फर्किएकी झाँक्री केन्द्रीय सदस्यमा लोकप्रिय मतले निर्वाचित

२२ सय ६३ मतदाता मध्ये १९ सय ११ मत हाले

ramkumari jhakri

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी छोडेर एमालेमै फर्किएकी नेतृ रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित भएकी छन् ।

उनले १९११ मत ल्याइन् । एमालेमा २२६३ जना प्रतिनिधिमध्ये ३६ जनाले मात्रै मतदानमा भाग लिएका थिएनन् ।

झाँक्री एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा पुगेकी थिइन्  र सचिव भएकी थिइन् । अहिले फेरि उनी एमालेमा फर्किएर संस्थापन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दा लोकप्रिय मतसहित विजयी भइन् ।

फेरि एमालेमा उनलाई नेता कार्यकर्ताले स्विकार्छन् या स्विकार्दैनन् भन्ने चासोका बीचमा झाँक्रीले चकित पार्नेगरी मत ल्याएकी हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds