पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युनएनडिपी) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा परियोजना सञ्चालन भइरहेको हो ।
परियोजनाले ल्यान्डफिलमा जाने फोहरलाई मूल्यवान स्रोतमा रूपान्तरण गर्दै वातावरणीय संरक्षणसँगै रोजगारी सिर्जनालाई जोड दिएको छ । परियोजनाको मुख्य उद्देश्य फोहर व्यवस्थापनलाई दिगो बनाउँदै हरित उद्यमशीलताको विकासमार्फत नेपालमा हरित रोजगारी विस्तार गर्नु हो ।
यसका लागि पोखरामा १३६ भन्दा बढी समुदायस्तरीय रीसाइकलिङ तथा अपसाइकलिङ समूह विकास गर्ने लक्ष्य लिइएको छ । यी समूहहरूले परियोजनाअन्तर्गत स्थापना हुने ३० वटा उद्यमलाई मूल्य शृङ्खलामा सहयोग पु¥याउनेछन् । यस प्रक्रियामार्फत पोखरामा ९०० भन्दा बढी हरित रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको परियोजनाले जनाएको छ ।
हालसम्म परियोजनाले ७ वटा समूह गठनमा सहयोग पु¥याइसकेको छ भने ४ वटा रिसाइकलिङ तथा अपसाइकलिङ उद्यम स्थापना भइसकेका छन् । सन् २०२५ भित्र थप ६ वटा उद्यम स्थापना गर्ने योजना रहेको छ । जसले पोखराको हरित अर्थतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
उद्यमहरू विस्तार हुँदै जाँदा कानुनी प्रक्रिया, व्यवसाय व्यवस्थापन तथा बजारिकरणसम्बन्धी ज्ञान आवश्यक हुने भएकाले परियोजनाले हालै तीनदिने कानुनी अनुपालन, व्यवसाय व्यवस्थापन तथा मार्केटिङसम्बन्धी तालिम सञ्चालन गरेको छ । उक्त तालिम सिनर्जी बिजनेस एडभाइजर्सले सहजीकरण गरेको हो ।
त्यसैगरी, फोहर व्यवस्थापनको क्रममा श्रमिकहरू विभिन्न स्वास्थ्य तथा सुरक्षासम्बन्धी जोखिममा पर्न सक्ने भएकाले समूहहरूका लागि तीनदिने स्वास्थ्य तथा सुरक्षा जोखिम व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने तयारी पनि गरिएको छ । परियोजनाअनुसार यो तालिम उद्यम विकास प्रक्रियाको अभिन्न अङ्गका रूपमा समावेश गरिएको हो ।
उद्यम विकास प्रक्रिया जटिल र समयसापेक्ष हुने भएकाले निरन्तर सहयोग र व्यवहारिक तालिम आवश्यक रहेको परियोजनाले जनाएको छ । आरयु समूहकी संस्थापक लेखमाया थापा मगरले तालिमले व्यवसायलाई व्यवस्थित रूपमा अघि बढाउन र फोहरसँग काम गर्दा सुरक्षामा ध्यान दिन महत्वपूर्ण सहयोग पु¥याएको बताइन् ।
रिसाइकलिङ, अपसाइकलिङ र उद्यमशीलतालाई एकआपसमा जोड्दै जिसिआरयू परियोजनाले पोखरामा वातावरणीय चुनौतीलाई आर्थिक अवसरमा रूपान्तरण गर्दै समावेशी र दिगो हरित रोजगारीको मार्ग प्रशस्त गरिरहेको छ ।
सम्बन्धित खबर
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
पोखरामा रिसाइकलिङ र अपसाइकलिङ मार्फत् हरित रोजगारी विस्तार
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति