मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान

सम्मान

मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान

narayan paudel

पोखराको मणिपाल शिक्षण अस्पताललाई पोखरा महानगरपालिकाले उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ ।

महानगरले आफ्नो ६७ औं स्थापना दिवसका अवसरमा बुधबार पोखरामा मणिपाललाई सम्मान गरेको हो ।

मणिपालले आर्थिक वर्ष ०८१/०८२ मा ३६ लाख १४ हजार १५ रुपैयाँ कर तिरेर सर्वाधिक कर तिर्ने व्यवसाय बनेको छ । स्थापना दिवस मूल समारोहमा मणिपालका तर्फबाट निर्देशक नारायण पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगर प्रमुख धनराज आचार्यले सम्मान गरे ।

मणिपालपछि पोखरा ग्रान्ड प्रालिले २१ लाख ८४ हजार १ सय ८६ रुपैयाँ, महेशबहादुर भट्टराईले ११ लाख १४ हजार १ सय २६ रुपैयाँ, कर्मचारी सञ्चय कोषले १० लाख ९३ हजार ८ सय ७० रुपैयाँ, गण्डकी मेडिकल कलेजले १० लाख ३८ हजार ६ सय ११ रुपैयाँ र होटल सांग्रिला भिलेजले ६ लाख ७ हजार ५ सय ३५ रुपैयाँ कर तिरेका छन् ।

उनीहरूले मालपोत, सम्पत्ति र व्यवसाय कर बापत उक्त रकम महानगरलाई तिरेका हुन् । स्थापना दिवसकै अवसरमा नियमित कर तिर्ने करदाता पनि सम्मानित भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds