स्याङ्जाको हरिनास गाउँपालिकामा आयोजित अन्तर विद्यालयस्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनजागृती माध्यमिक विद्यालयले जितेको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ हरिनास गाउँपालिकास्थित खेल मैदानमा सम्पन्न प्रतियोगितामा जनजागृती माविले ८ स्वर्ण, २ रजत र ६ कास्य गरी कुल १६ पदक हासिल गर्दै प्रथम स्थान प्राप्त गरेको हो ।
प्रतियोगितामा पिताम्बर माध्यमिक विद्यालयले ५ स्वर्ण, ६ रजत र ५ कास्य गरी १६ पदकसहित उपविजेता बन्न सफल भयो भने महिमा माध्यमिक विद्यालयले ४ स्वर्ण, ८ रजत र ४ कास्य गरी १६ पदक प्राप्त गर्दै तृतीय स्थानमा सीमित रह्यो ।
विजेता, उपविजेता र तृतीय हुने विद्यालयलाई गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
सो अवसरमा अध्यक्ष मानन्धरले गाउँपालिकाले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुदलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले अनुशासन, स्वास्थ्य र नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिने बताए । “पढाइसँगै खेलकुदलाई समान महत्व दिएर सक्षम र आत्मविश्वासी जनशक्ति उत्पादन गर्नु हाम्रो लक्ष्य हो,” अध्यक्ष मानन्धरले भने ।
प्रतियोगितामा हरिनास गाउँपालिकाभित्रका विभिन्न ९ वटा विद्यालयको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह