प्रदेश प्रमुख भट्टद्वारा क्रिसमसको शुभकामना

शुभकामना सन्देश

प्रदेश प्रमुख भट्टद्वारा क्रिसमसको शुभकामना

Pradesh Pramukh Dilli Raj Bhatta 1

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले विश्वभरका इसाई धर्मका अनुयायीहरूले ‘क्रिसमस डे’ धार्मिक सांस्कृतिक उत्सवका रूपमा मनाउने उल्लेख गर्दै क्रिसमस धार्मिक पर्व मात्र नभई सम्पूर्ण मानव समाजका लागि सहिष्णुता र परोपकारको सन्देश बोकेको पर्व पनि रहेको उल्लेख गरेका छन् ।

‘पर्वहरुले हामीलाई प्रेम र भाइचारा प्रवर्द्धन गर्न सिकाउँछ । हाम्रा पर्वले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको छ । विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने मैले विश्वास लिएको छु ।’ शुभकामना सन्देशमा उल्लेख छ ।

इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच शान्ति, प्रेम, आपसी एकता र विश्वासको भावनालाई थप गाढा बनाउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds