रवि, बालेन र कुलमानसँग कुनै हालतमा मिल्दिनँ: हर्क साम्पाङ

राजनीति

रवि, बालेन र कुलमानसँग कुनै हालतमा मिल्दिनँ: हर्क साम्पाङ

सबै विदेशीको इशारामा चलेका छन्

harka-sangpang

सोलुखुम्बु — श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नयाँ शक्तिको रुपमा उदाउन कोसिसमा रहेका रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङसँग कुनै हालतमा नमिल्ने बताएका छन् ।

सदरमुकाम सल्लेरीमा शुक्रबार श्रम संस्कृति पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै धरान उपमहानगर पालिकाका मेयरसमेत रहेका साम्पाङले तीनै नेता विदेशीको इशारामा चल्ने गरेको आरोपसमेत लगाए ।

आफू देशको माटोसँग सम्झौता नगर्ने भन्दै उनले आउने चुनावमा एक्लै होमिने उद्घोष पनि गरे । भाषणको अधिकांश समय नयाँहरुलाई गाली गर्न खर्चेका साम्पाङले अबको चुनावमा एक्लै होमिएर उल्लेख्य सिट ल्याउने जिकिर गरे ।

अहिले पुराना शक्तिहरु देश दोहन गर्न लागेको, नयाँहरु विदेशीको रणभूमि बनाउन लागेको र आफूमात्रै देशको सच्चा शक्ति भएको दाबी गर्दै उनले आत्मानिर्भरता बढाउने आफ्नो अभियान भएको बताए । विदेशी उत्पादनको परनिर्भरता बढेको भन्दै उनले श्रम संस्कृतिमार्फत स्वदेशलाई आत्मानिर्भर बनाउन आफ्नो पार्टीले भूमिका खेल्ने धारणा राखे ।

कार्यक्रममा जिल्लाको पुराना वामपन्थी नेता भिम किराँतले पनि श्रम संस्कृति पार्टीमा सामेल भएको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ