पोखरा बैदामस्थित न्याशनल इन्भेन्टिभ स्कूलमा अंग्रेजी स्क्र्याबल क्लब गठन गरिएको छ।
क्लबको अध्यक्षमा अनिमेष लामिछाने, उपाध्यक्षमा समिर क्षेत्री, र सचिवमा हर्षना श्रेष्ठ चयन भएका छन्। क्लबमा कुल ३२ जना सदस्यहरू रहेका छन्।
क्लबको गठन कार्यक्रम विद्यालयका संस्थापक तथा प्राचार्य उमा लामिछानेको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। उक्त अवसरमा प्राचार्यले सम्पूर्ण पदाधिकारीहरूलाई शुभकामना दिँदै स्क्र्याबल खेलमार्फत विद्यार्थीहरूको अंग्रेजी भाषागत क्षमता र दिमाग विकासमा योगदान पुर्याउने क्लब स्थापना गरिएकोमा खुशी व्यक्त गरे ।
विद्यालय प्रशासन प्रमुख कृष्णराज गुभाजुले नवगठित क्लबका सम्पूर्ण पदाधिकारीहरूलाई स्वागत गर्दै अंग्रेजी सिक्न र दिमाग विकास गर्न सहयोग गर्ने स्क्र्याबल जस्ता खेलमार्फत नयाँ क्लब खोलिएकोमा खुशी व्यक्त गर्नुका साथै समय–समयमा स्क्र्याबल प्रतियोगिताहरू पनि आयोजना गर्ने बताए ।
त्यसैगरी, विद्यालयका अंग्रेजी शिक्षक सिपी पोखरेलले अंग्रेजी स्क्र्याबलको महत्वबारे प्रकाश पार्दै भने – ‘स्क्र्याबल खेल्दा विद्यार्थीले नयाँ–नयाँ अंग्रेजी शब्द सिक्ने अवसर पाउँछन्, जसले उनीहरूको शब्दभण्डार विस्तार गर्न सहयोग पुर्याउँछ। यस खेलमार्फत स्पेलिङ (हिज्जे), उच्चारण, र शब्द प्रयोग जस्ता भाषागत तत्त्वहरूमा पनि क्रमिक सुधार आउँछ।’
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा