स्याङ्जामा एमालेका २१ नेता प्रतिनिधिसभा उम्मेदवार सिफारिस

स्याङ्जामा एमालेका २१ नेता प्रतिनिधिसभा उम्मेदवार सिफारिस

Communist-Party-of-Nepal-UML-Yemale

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) स्याङ्जाले दुई निर्वाचन क्षेत्रबाट २१ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । पार्टीका क्षेत्रीय कमिटीका बैठकपछि क्षेत्र नम्बर १ बाट ६ जना र क्षेत्र नम्बर २ बाट १५ जनाको नाम केन्द्रमा पठाउने तयारी गरिएको हो ।

क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटी बैठकले पूर्व सांसद नारायणप्रसाद मरासिनी, पूर्व प्रदेश सांसद मीनप्रसाद गुरुङ, पुतलीबजार नगरपालिकाकी पूर्व नगर प्रमुख सीमा कुमारी क्षेत्री, कुमारी टेकु नेपाली, पिताम्बर खनाल (शुशील) र ईश्वरी सिग्देल अर्याललाई सिफारिस गरेको छ ।

त्यसैगरी, क्षेत्र नम्बर २ बाट पूर्व सांसद महेन्द्र थापा मगर, पूर्व प्रदेश सांसद मोहन रेग्मी, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघका महासचिव खिमबहादुर थापा, एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस), डा. बुद्धिमान श्रेष्ठ, शोभियत ढकाल, दिपेन्द्र रेग्मी, उदय श्रेष्ठ, रामचन्द्र भट्टराई, ऋषि कंडेल, विश्वनाथ अर्याल, नाँसिर खाँ, खगिसरा थापा, भूपराज अधिकारी र किशोर विक्रम मल्लको नाम सिफारिस गरिएको छ ।

दुवै क्षेत्रीय कमिटीबाट आएका नामहरू जिल्लाको रायसहित केन्द्रमा पठाइने एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिए । उनका अनुसार जिल्ला कमिटीले सिफारिस भएका नाम नहटाउने भए पनि प्राथमिकता तोकेर केन्द्रमा पठाउने निर्णय गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ