जेनजी अभियन्ता भन्छन्ः कुलमान, बब्लु र जगदीश चरम अवसरवादका जिउँदा उदाहरण हुन्

राजनीति

जेनजी अभियन्ता भन्छन्ः कुलमान, बब्लु र जगदीश चरम अवसरवादका जिउँदा उदाहरण हुन्

kulman jagadish bablu

जेन–जी अगुवा तनुजा पाण्डेले निवर्तमान मन्त्रीहरू कुलमान घिसिङ, बब्लु गुप्ता र जगदीश खरेलहरू चरम अवसरवादका जिउँदा उदाहरण भएकाे बताएकी छिन् ।

सामाजिक सञ्चालमा आफ्नाे धारणा सार्वजनिक गर्दै उनले चुनाव गराउने दायित्वमा रहेकाे नागरिक सरकारले उनीहरूकाे नियुक्ति गर्दै समस्या सुरुवात भएकाे बताइन् ।

उनले मन्त्री पदबाट राजीनामा गरेर जेन–जी आन्दाेलनकाे नैतिक पुँजी नै लुटेकाे बताइन् । ‘यो सरकार सडकमा गोली खाएका युवाहरू, र परिवर्तनका लागि ज्यान जोखिममा राख्ने नागरिकहरूको बलिदानबाट उभिएको एउटा ‘नागरिक सरकार’ थियो’, उनले भनिन्, ‘यस्तो ऐतिहासिक क्षणमा मन्त्री हुनु भनेको पद पाउनु मात्र होइन, आन्दोलनप्रतिको प्रतिबद्धता र सत्ता संयमको परीक्षा पास गर्नु थियो । तर सत्ता हात परेपछि पार्टीको झण्डा बोकेर निस्कनु, संगठन निर्माणमा लाग्नु र अन्ततः दलीय राजनीतिमै विलय हुनु यो विश्वासघात हो ।’

उनले मन्त्री पद राजनीति गर्ने भर्‍याङ बनाएकाे भन्दै तीव्र आक्राेश पाेखेकी छिन् । उनले भनिन्, ‘दलकै शरणमा जानु थियो भने गैरदलीय, स्वतन्त्र र विज्ञको मुखौटा किन ? के शहीदको रगत तपाईंहरूको राजनीतिक करियर सुरक्षित गर्ने भर्‍याङ मात्र थियो ?’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ