काठमाडौँ — सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर कांग्रेस चुनावी मैदानमा उत्रने भएको छ । शुक्रबार पार्टी मुख्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकको प्रमुख एजेन्डा यही छ ।
एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् । तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिमा पनि थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने आवाज उठेको थियो । तर, देउवा तयार नहुँदा निर्णय हुन सकेको थिएन । विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेपछि उनलाई भावी प्रधानमन्त्री घोषणा गरेर कांग्रेस निर्वाचनमा होमिन लागेको प्रवक्ता देवराज चालिसेले बताए ।
थापाले उम्मेदवारी दिएको सर्लाही–४ मा ‘अबके बाद, गगन सरकार’ भन्दै प्रचार अभियान सुरु भइसकेको छ । टिकट वितरणमा ढिलाइले वारेसमार्फत उम्मेदवारी मनोनयन गरेका थापा शुक्रबार केन्द्रीय कार्यसमिति बैठकपछि मात्र आफ्नो निर्वाचन क्षेत्र जाँदै छन् ।
सक्रिय राजनीतिमा तीन दशक लामो संघर्षपछि पार्टी नेतृत्वमा पुगेका थापालाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीति कांग्रेसले लिएको हो । थापाको राजनीतिमा पहिचान त्रिचन्द्र क्याम्पसमा नेविसंघ नेताबाट सुरु भएको हो, जति बेला उनी आईएस्सी पढ्दै थिए ।
२०५१ मा स्ववियु सदस्य निर्वाचित भएका उनी दुई वर्षपछि सभापति भए । २०५७ मा नेविसंघको उपाध्यक्ष र २०५९ मा महामन्त्री बने । उनी महामन्त्री भएकै बेला भएको विद्यार्थी आन्दोलनका क्रममा राजद्रोहको आरोपमा पटक–पटक पक्राउ परेका थिए ।
सम्बन्धित खबर
गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा जाँदै कांग्रेस
प्रतिनिधिसभा निर्वाचन : दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय, आजै चुनाव चिह्न प्रदान
जेनजी अभियन्ता भन्छन्ः कुलमान, बब्लु र जगदीश चरम अवसरवादका जिउँदा उदाहरण हुन्
प्रतिनिधि सभा निर्वाचनः मनोनयन दर्ता गर्न जाँदा बाजागाजा र कोणसभा गर्न नपाइने
उम्मेदवार मनोनयन आजदेखि: उम्मेदवार मनोनयनका लागि यी कागजात अनिवार्य
चर्चा होस् भनेर मविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिए : ओली
यो पनि पढौँ
संघीयताको कुहिरोमा हराएको स्थानीय सेवा
यी हुन् एमालेका उम्मेदवार : देशभर को- कहाँ ? (सूचीसहित)
गण्डकीमा एमालेबाट टुङ्गिए उम्मेदवार, १८ क्षेत्रमा को-को ?
कांग्रेसको नेतृत्वमा गगन पुगेपछि दुई ठूला कम्युनिस्ट पार्टी संवादमा, चुनावका विषयमा कुराकानी