काठमाडौँ – निर्वाचन आयोगले रास्वपाका नेता एवं झापा ५ बाट उम्मेदवारी दिएका बालेन्द्र शाहसँग प्रष्टीकरण साध्ने तयारी गरेको छ। प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्तिका आधारमा आयोगले बालेनसँग प्रष्टीकरण माग्ने निर्णय अघि बढाएको हो।
आयोग सूत्रका अनुसार सोमबार बेलुकासम्म बालेनसँग आचार संहिताविरुद्ध अभिव्यक्ति दिएको आधारमा पदाधिकारीहरुकै बैठकबाट निर्णय गराएर प्रष्टीकरण मागिने भएको हो।
आइतबार ओलीले भावी प्रधानमन्त्रीको उम्मेदवारबीच हुने सार्वजनिक डिबेटका लागि आफू तयार रहेको फेसबुकबाट जनाएका थिए। ओलीले भावी सरकारको नेतृत्व गर्न चाहनेहरुको बीचमा रहेर आफू बहस गर्न तयार रहेको बताएका थिए।
‘देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ, आलीले भनेका छन्, ‘यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के र्गयौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।’
ओलीको आह्वानमा बालेनले देश जलाउनेका रुपमा स्वीकार गरेको, ७६ जना बालबालिकाको हत्या गरेको र आतंकवादी भन्दै ओलीसँग सार्वजनिक डिबेटमा नबस्ने जवाफ दिएका छन्।
बालेनले ओलीलाई भनेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन्। तपाईंहरूलाई नै थाहा थियो। तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो?? त्योपछि अरू कुरा गरौँला। ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’
बालेनको यो अभिव्यक्ति घृणाजन्य र अपुष्ट व्यक्तिगत लाञ्छना भएको ठहर गर्दै आयोग आफैँले सार्वजनिक जानकारीका रुपमा लिएर प्रष्टिकरण लिने तयारी गरेको अवस्थामा सोमबार उजुरीसमेत दर्ता भएको छ। धर्मराज तिमिल्सिना नाम गरेका व्यक्तिले ओलीविरुद्ध निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै उजुरी दिएका छन्।
बालेनविरुद्ध उजुरीसमेत परेपछि आयोगलाई त्यसकै आधारमा कारबाही अघि बढाउन सहयोग पुगेको छ। आयोगले हालसम्म आचारसंहिता उल्लंघन गरेको भन्दै उम्मेदवार र विभिन्न निकाय गरी ८ जनासँग प्रष्टीकरण माग गरेको छ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
रास्वपाले भोलि मन्त्रीको नाम टुंगो लगाउने, बैठक बस्दै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह