काठमाडौं । चिल्ड्रेन भिजन नेपालले निर्वाचनका क्रममा देखिएका सामाजिक सञ्जालमार्फत फोटो, व्यक्तिगत बैंक विवरण तथा क्यूआर कोडमार्फत चन्दा संकलन र बालबालिकाको प्रयोगबारे आयोगको ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष रमेश सिलवालले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर यस्तो गतिविधि डिजिटल आधुनिकता जस्तो देखिए पनि दीर्घकालीन रूपमा लोकतन्त्र, राजनीतिक नैतिकता र जनविश्वासका लागि घातक हुन सक्ने भन्दै सचेत गराएका छन् ।
राजनीति सेवा र त्यागमा आधारित हुनुपर्ने भए पनि आर्थिक संकलनको माध्यम बन्दै गएको स्पष्ट नीति, नियम र निगरानी नहुँदा पैसामुखी राजनीति र डिजिटल दुरुपयोग बढ्ने ज्ञापनपत्रमा चेतावनी दिइएको छ ।
पछिल्लो समय बालबालिकालाई जुलुसमा सहभागी गराउने, नारा लगाउन बाध्य पार्ने, प्रचार सामग्री बोकाउने तथा भिडिओ र सामाजिक सञ्जाल सामग्रीमा बालबालिकालाई प्रयोग गर्ने घटना भइरहेकामा संस्थाले चिन्ता जनाएको छ ।
नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय बालअधिकारसम्बन्धी महासन्धिले बालबालिकालाई राजनीतिक दुरुपयोगबाट जोगाउने स्पष्ट व्यवस्था गरेको सिलवालले सम्झाएका छन् ।
यसमा निर्वाचन आयोगले कडा निगरानी, स्पष्ट निर्देशन र कारबाही गर्नुपर्ने उनको माग छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस
प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने सरकारको निर्णय
संसद् पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन कांग्रेस पूर्व सांसदहरूले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउने
चुनावमा क्यूआर कोड राखेर चन्दा उठाउने र बालबालिकाको प्रयोग रोक्न आयोगको ध्यानाकर्षण
ओलीले फेरि भने- भदौ २३ को आन्दोलनमा गोली चलाउने आदेश दिएको थिइनँ
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यो पनि पढौँ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
प्रतिभा माविमा गणित हाजिरीजवाफ