काठमाडौँ । सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन कांग्रेसका पूर्व सांसदहरूले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् ।
विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले आफूहरूको रिट छिटो अगाडि बढाउन ध्यानाकर्षण गराउनका लागि प्रधानन्यायाधीश राउतसँग बिहीबारका लागि समय लिएको हो ।
घिमिरेले कांग्रेस एमालेलगायतले दायर गरेको रिटको सुनुवाइ अगाडि बढाउन बिहीबार प्रधानन्यायाधीश राउतलाई भेटेर ध्यानाकर्षण गराइने जानकारी दिए ।
‘कांग्रेस एमालेलगायतका दर्जन बढी रिट संसद् पुनर्स्थापना माग गर्दै परेका छन् । सर्वोच्च अदालतले अहिलेसम्म त्यो रिटको पेसी तोकेन । आलटाल गरिरहेको छ,’ घिमिरेले भने, ‘रिट परेपछि त्यसलाई टुङ्ग्याउनुपर्छ । जे हो न्यायालयले संविधानको व्याख्या गर्नुपर्छ । पेसी तोक्नुस्, सुनुवाइ गर्नुस् र मुद्दा टुङ्ग्याउनुस् भन्दै भोलि ध्यानाकर्षण गराउन प्रधानन्यायाधीशको समय लिएका छौँ ।’
घिमिरेले एमालेका सांसदलाई पनि सर्वोच्च जानका लागि खबर गरेको जानकारी दिए । कांग्रेसका ६५ पूर्व सांसदले संसद् पुनर्स्थापनाका लागि रिट दायर गरेका छन् ।
काठमाडौँ उपलब्ध पुनर्स्थापनाका लागि रिट दायर गर्ने सबै पूर्वसांसद भोलि सर्वोच्चमा जाने घिमिरेले जानकारी दिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस
प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने सरकारको निर्णय
संसद् पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन कांग्रेस पूर्व सांसदहरूले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउने
चुनावमा क्यूआर कोड राखेर चन्दा उठाउने र बालबालिकाको प्रयोग रोक्न आयोगको ध्यानाकर्षण
ओलीले फेरि भने- भदौ २३ को आन्दोलनमा गोली चलाउने आदेश दिएको थिइनँ
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यो पनि पढौँ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
प्रतिभा माविमा गणित हाजिरीजवाफ