मतदान हुनुभन्दा ७२ घण्टाअघि भारत चीन सीमा नाका सिल गर्ने निर्णय

राजनीति

मतदान हुनुभन्दा ७२ घण्टाअघि भारत चीन सीमा नाका सिल गर्ने निर्णय

भारतीय नम्बर प्लेटका सवारी साधनलाई रोक लगाउने

chhalfal

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन भन्दाअघि सीमानाका सिल गर्ने निर्णय गरिएको छ ।

मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले नेपाल–भारत र नेपाल–चिन तर्फको सीमाना मतदान हुनुभन्दा ७२ घण्टाअघि सिल गर्ने निर्णय गरेको हो । सीमानामा ७२ घण्टाअघि आवागमन बन्द गर्ने निर्णय गरिएको छ ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउत, नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।

मतदानअघि मादक पदार्थ बेचबिखनमा रोक लगाउनेबारे पनि छलफल भएको छ । बैठकमा फागुन १९ मा परेको तराईको होली पर्व र जनकपुरमा हुने माध्यमिकी परिक्रमा मेलाबारे पनि छलफल भएको छ । भारतको सितमढीबाट हिँडेर बिसौँ हजार मानिस जनकपुरको जानकी मन्दिरमा आउने र फागुन १८ गते फिर्ता हुँदैछन् । मौन अवधिमा होली पर्व परेको हुनाले कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भएको छ ।’

भारतीय नम्बर प्लेटका सवारी साधनलाई रोक लगाउनेबारे पनि छलफल भएको छ । तर, मतदान हुनुभन्दा कत्ति दिनअघिदेखि विदेशी नम्बर प्लेटको सवारी चल्न नदिने भन्नेबारे निर्णय गर्ने अधिकार आयोगलाई दिइएको छ ।

हिमाली जिल्लामा हिँउ परिरहेको र त्यसबाट निर्वाचनमा खटिने सुरक्षाकर्मी तथा कर्मचारीलाई लेक लाग्ने चुनौतीबारे छलफल भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ