बालेनले धरानेलाई पानी म खुवाउँछु भनेपछि हर्कको कटाक्षः बजेट खर्च गर्न नसक्नेले !

राजनीति

बालेनले धरानेलाई पानी म खुवाउँछु भनेपछि हर्कको कटाक्षः बजेट खर्च गर्न नसक्नेले !

जेनजीलाई मर्न लगाएर सिंहदरवार जलाउनेहरुले फोहोर व्यवस्थापन गर्न समेत विदेशीले दिएन भन्नेले

harka balen

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहप्रति कटाक्ष गरेका छन्।

उनले जेनजीलाई मर्न लगाएर सिंहदरबार जलाउनेहरूले धरानको समस्या देखाउन थालेको भन्दै कटाक्ष गरेका हुन्।

सामाजिक सञ्जालमार्फत उनले भने, ‘जेनजीलाई मर्न लगाएर सिंहदरवार जलाउनेहरुले फोहोर व्यवस्थापन गर्न समेत विदेशीले दिएन भन्नेले आज धरानको समस्या देखाएछ ३० प्रतिशत पनि बजेट प्रयोग गर्न नसक्नेले !’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले धरानमा खानेपानीको समस्या रास्वपाले गर्ने बताएका थिए ।

मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले धरानमा कोशीबाट पानी ल्याउन पहिल्यै डिपिआर भए पनि अघि बढ्न नसकेको बताउँदै रास्वपाले त्यो समस्या समाधान गर्ने बताएका हुन्।

‘खानेपानीको व्यवस्थापन कोशीबाट मेकानिकल लिफ्टिङ गरेर धरानमा ल्याउन लगभग ५/६ अर्ब लाग्छ। तर शायद यहाँको जनप्रतिनिधि सरकारमा पुगेन होला, त्यहाँको पार्टी पुगेन होला, अब रास्वपा पुग्छ,’ उनले भने।

उनले रास्वपा धरानको खानेपानी समस्या समाधान गर्ने पार्टी बन्न चाहेको बताए।

वरिष्ठ नेता शाहले विश्वको पहिलो तीर्थस्थल बराह क्षेत्र हो भन्ने कुरा पनि नेपालीलाई थाहा नभएको बताउँदै त्यो थाहा दिने पार्टी रास्वपा बन्न चाहेको बताए।

‘बराहक्षेत्र घुम्दाखेरि उदयपुरका विभिन्न ठाउँहरू पनि पुगेका थियौं। उदयपुरका कोस्टल एरिया हेर्दा इन्डोनेसियाको बाली, माल्दिभ्स जस्तो विकास गर्न सकिन्छ कि जस्तो लाग्यो। त्यस्तो विकास गर्ने पार्टी बन्न चाहन्छ रास्वपा,’ उनले भने।

उनले देशका ६०/७० प्रतिशत फुटबल खेलाडी पूर्वबाट उत्पादन हुने भए पनि उनीहरूको विकास गर्न अहिलेसम्म राज्यले केही नगरेको बताए।

त्यसकारण समग्र फुटबलको विकास गर्ने पार्टी रास्वपा बन्न चाहेको उनले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ