स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन

स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन

Thapa of Jai Matrubhumi Party supports Congress’ Malla in Syangja-2

जय मातृभूमि पार्टीका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा उम्मेदवार बनेका कर्नेल धनबहादुर थापाले नेपाली कांग्रेसका उम्मेदवार भागवतप्रकाश मल्ललाई समर्थन गर्ने घोषणा गरेका छन् ।

आफू चुनावी मैदानमा रहँदा मत विभाजन भई देशलाई आवश्यक शक्ति कमजोर बन्न सक्ने निष्कर्षमा पुगेपछि कांग्रेसका मल्ललाई समर्थन गर्ने निर्णय लिएको उनको भनाइ छ ।

“देश अहिले जटिल मोडमा छ । स्थिरता र निकासका लागि बलियो नेतृत्व चाहिन्छ,” थापाले भने, “साथीहरूसँग परामर्श गरेर कांग्रेसका युवा नेता मल्ललाई समर्थन गर्ने निर्णय गरेका हौं ।”

जय मातृभूमि पार्टीका संस्थापक लक्ष्मीकान्त पाण्डेले पनि थापाले व्यापक छलफलपछि नै यस्तो निर्णय लिएको जानकारी दिए । उनका अनुसार नेपालसहित भारत तथा अन्य मुलुकमा सेवा गरेका सेवानिवृत्त सेना, प्रहरी र सुरक्षाकर्मीहरूको सहभागितामा पार्टी स्थापना गरिएको हो ।

यसैबीच, क्षेत्र नम्बर २ का कांग्रेस सभापति दिलिपप्रताप खाँणले थापाको समर्थनले पार्टीलाई थप ऊर्जा मिलेको बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ