अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि

विदेश

अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि

७ दिनको सार्वजनिक विदा, ४० दिन शोकको घोषणा

khamenei-

इरानका सर्वोच्च नेता अली खामेनेई । तस्बिरः एपीएफ

काठमाडौँ — इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएको इरानी मिडियाले पुष्टि गरेको छन्।

उनी अमेरिका र इजरायलले संयुक्तरुपमा गरेको हवाइ आक्रमणमा मारिएका हुन्। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनेई मारिएको उल्लेख गरेका थिए।

यसअघिनै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत खामेनि मारिएको र त्यसको प्रमाण आफूसँग रहेको बताएका थिए।

खामेनीले परिवारका अन्य सदस्य पनि गुमाएका छन्। उनकी छोरी, ज्वाइ र नाती समेत मारिएको इरानी मिडियाले उल्लेख गरेका छन्।

आइतबार सबेरै अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा खामेनेईको मृत्युबारे दाबी गरेका थिए।

ट्रम्पले लेखेका थिए, “इतिहासका सबैभन्दा खराब व्यक्तिहरूमध्ये एक खामेनेई अब जीवित छैनन्।”

७ दिनको सार्वजनिक विदा, ४० दिन शोकको घोषणा

खामेनेई मारिएको शोकमा ४० दिने राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ।

इरानको सेना रिभुलसनरी गार्ड निकट समाचार संस्था ‘दी फार्स एजेन्सी’का अनुसार उनको निधन भएको शोकमा ४० दिनको शोक घोषणा गरिएको छ।

त्यस्तै ७ दिनको सार्वजनिक विदा समेत घोषणा गरिएको बताइएको छ।

शनिबार अमेरिका र इजरायलले इरानका विभिन्न सहरहरूमा आक्रमण गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ