सार्वजनिक सवारीमा यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा एक जीप चालकलाई स्याङ्जा प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार अपराह्नमा पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ ज ७०६६ नम्बरको सार्वजनिक जीपका चालकले सवारीमा सवार १६ वर्षीया बालिकामाथि अनुचित स्पर्श (Bad Touch) तथा अस्वाभाविक व्यवहार गरेको आरोप लागेको हो ।
उक्त घटनापछि जीपका चालकलाई वालिङ नगरपालिका–१ रामबाच्छा क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–७ निवासी ४९ वर्षीय अन बहादुर गुरुङ रहेका छन् ।
घटनापछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चौधरीले सार्वजनिक सवारीमा यात्रुको सुरक्षामा कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।
उनले भने, “यात्रु, विशेषगरी बालबालिका र महिलामाथि हुने यस्ता गतिविधि सह्य हुँदैनन् । दोषी देखिएमा कडा कानुनी कारबाही गरिनेछ । साथै, यस्ता घटना देखे वा भोगेमा तत्काल प्रहरीलाई जानकारी दिन आग्रह गर्दछौं ।”
प्रहरीका अनुसार बाल यौन दुरुपयोगसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ । स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीले सार्वजनिक सवारी प्रयोग गर्दा सतर्क रहन र कुनै पनि असामान्य गतिविधि देखिए तुरुन्त जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
सम्बन्धित खबर
चल्ती जीपमै बालिकामाथि दुर्व्यवहार, चालक पक्राउ
लागूपदार्थ सेवन गरेर सवारी चलाउने चार चालक पक्राउ
भीरकोट–८ बाट विद्यार्थी बिमा सुरु, ६ सय बालबालिका लाभान्वित हुने
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
ओली-लेखक रिहाइको माग गर्दै एमाले स्याङ्जाले बुझायो विरोधपत्र
ओली पक्राउको विरोधमा स्याङ्जामा प्रदर्शन, रिहाइको माग
यो पनि पढौँ
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
ब्रिजकोर्स र तयारी कक्षा रोक्ने शिक्षामन्त्रीको निर्णय २४ घण्टा पनि टिकेन
एमाले सांसदले प्रधानमन्त्रीसँग भने- केपी ओली रिहा गर्नुपर्यो, स्वकीय सचिव खै ?
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष