बलिउडकी ख्यातिप्राप्त गायिका आशा भोसलेलाई हृदयघात भएको छ।
शनिबार स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ।
९२ वर्षीया गायिका भोसलेलाई हाल चिकित्सकहरूको विशेष निगरानीमा राखिएको छ।
उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे अस्पताल प्रशासन वा परिवारका सदस्यहरूले हालसम्म कुनै आधिकारिक विज्ञप्ति जारी गरेका छैनन्। यसबारे उनकी बहिनी उषा मंगेशकरले आफूलाई अझै आधिकारिक जानकारी नभएको बताएकी छिन्।
भोसलेले गत ८ सेप्टेम्बर २०२५ मा आफ्नो ९२ औं जन्मदिन मनाएकी थिइन्।
साढे सात दशक लामो साङ्गीतिक यात्रामा उनले नेपाली, हिन्दीसहित १४ भन्दा बढी भाषामा १२ हजारभन्दा बढी गीत गाएकी छिन्। आशाले ‘गैह्री खेतको शिरै हान्यो’, को होला मेरो मायालु, एउटा मान्छे मन पर्छ, किन बढ्छ ढुकढुकी, बसन्त नै बस्न खोज्छ जस्ता लोकप्रिय नेपाली गीत गाएकी छन् ।
साङ्गीतिक क्षेत्रमा ठुलो उचाइ हासिल गरे पनि उनको व्यक्तिगत जीवन निकै सङ्घर्षपूर्ण रहेको छ। १६ वर्षको उमेरमा परिवारको इच्छाविपरीत विवाह गरेकी उनले घरेलु हिंसाको सामनासमेत गर्नुपरेको थियो।
कुनै समय ‘स्वर राम्रो नभएको’ भन्दै रेकर्डिङ स्टुडियोबाट निकालिएकी भोसलेले पछि आफ्नो गायकीमार्फत विश्वभर परिचय स्थापित गरिन्।
आशा भोसले सुप्रसिद्ध भारतीय गायिका लता मंगेस्करकी बहिनी हुन् । लताको २३ माघ २०७८ मा निधन भएको थियो।
सम्बन्धित खबर
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
जनताले कुनै दल लक्षित विद्रोह गरेका होइनन्, उनीहरूले केवल सुशासन खोजेका हुन्: सांसद थकाली
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते