गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकालाई नैतिक शिक्षा अपरिहार्य रहेको बताएका छन् ।
उनले नैतिक शिक्षाले मात्र बालबालिका सुसंस्कृत र असल आचरणको हुने उल्लेख गर्दै नैतिक शिक्षा र संस्कृत शिक्षा अनिवार्य गर्न जरुरी भइसकेको उल्लेख गरे ।
पोखरा २७ स्थित कृष्ण प्रणामी परमार्थ मिशन ट्रस्ट तथा सदानन्द गुरुकुल आश्रमको सातौं वार्षिकोत्सवमा उहाँले आजको शिक्षानीतिमा नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्ने परम्पराको अभाव देखिएको बताए ।
‘गुरुकुल आशाका केन्द्र हुुन् । भरोसाका दृढ विश्वास हुुन् । संस्कार सिकाउने कर्मस्थल हुन् । मानवीय धर्म र चेतनालाई उजागर गर्ने स्रोत हुन् । यिनको संरक्षण र संवर्द्धन गर्नु हामी सबैको दायित्व हो ।’ उनले भने । प्राचीन गुरुकुलीय शिक्षण विधि ज्यादै महत्वपूर्ण र अनुसन्धानमूलक भए पनि हामीले विस्तारै हाम्रा अमूल्य निधिलाई बिर्संदै गइरहेकोमा उनले चिन्ता व्यक्त गरे ।
‘मातृभाषा, संस्कृति, संस्कार चालचलन, शिष्टाचार एवं नैतिक विद्यामा झनै अज्ञानी बन्दै गएको पाइन्छ । गुरुकुल शिक्षाको केन्द्र मात्र नभई विद्याका केन्द्रको रुपमा बुझ्नुपर्ने हुन्छ ।’ उनले थपे – ‘गुरुकुललाई जीवन्त बनाउन र त्यसमा रहेको जनशक्तिलाई नेपालको शिक्षा नीतिसँग जोड्न अनिवार्य छ ।’
संस्थाले श्रीकृष्ण प्रणामी मन्दिर, वृन्दावन धाम, स्वामी सदानन्द गुरुकुलम्, अन्नपूर्ण भोजनालयको कुशल व्यवस्थापन गर्दै आएकोमा खुशी व्यक्त गर्दै उनले निकट भविष्यमै प्रणामी गौशाला, प्रणामी विद्या मन्दिर, मंगल संस्कृत विद्यालय, आपतकालीन अस्पताल, प्रणामी ध्यान केन्द्र सञ्चालन गर्ने योजना बनाएकोमा सफलताको कामना पनि गरे ।
संस्थाका अध्यक्ष स्वामी १०८ विष्णु वशिष्टलाई उहाँले व्यक्तिगत पाँच हजार सहयोग पनि हस्तान्तरण गरे ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो