चैत–वैशाखको खडेरीसँगै हरेक वर्ष वन डढेलोको जोखिम बढ्ने गरे पनि यस वर्ष स्याङ्जामा भने उल्लेख्य रूपमा कमी आएको देखिएको छ । विगतमा सामान्य लापरबाहीकै कारण ठूलो क्षेत्रफलमा वन विनाश हुने र वन्यजन्तु तथा बस्ती नै जोखिममा पर्ने अवस्था रहने गरे पनि अहिले स्थिति केही सुधारिएको छ ।
डिभिजन वन कार्यालय स्याङ्जाका अनुसार अघिल्लो आर्थिक वर्ष २०८० मा झण्डै ४९७ दशमलव २ हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो । तर, आर्थिक वर्ष २०८१ मा यो घटेर जम्मा २४ हेक्टरमा सीमित भएको तथ्याङ्कले देखाउँछ । यस वर्ष आँधीखोला गाउँपालिकाको राम्चे क्षेत्रमा सानो स्तरको डढेलो बाहेक ठूलो क्षति भएको घटना सार्वजनिक भएको छैन ।
समय–समयमा परेको वर्षा, सचेतनामूलक कार्यक्रम र पूर्वतयारीका कारण डढेलो नियन्त्रणमा सकारात्मक प्रभाव परेको डिभिजन वन अधिकृत नवराज बरालले बताए । “यस वर्ष विगतको तुलनामा डढेलो निकै कम देखिएको छ,” उनले भने, “स्थानीयको सक्रियता र समयमै गरिएको व्यवस्थापनले जोखिम घटाउन सहयोग पुगेको छ ।” उनले अझै जोखिमको समय बाँकी रहेकाले सबै पक्ष सतर्क रहन आवश्यक रहेको पनि बताए ।
फागुन–चैतको सुख्खा मौसममा समेत बीच–बीचमा भएको वर्षाले वन क्षेत्र हरियाली बनाइराख्न मद्दत गरेको छ । साथै, वन कार्यालयले सञ्चालन गरेका जनचेतनामूलक अभियान र डढेलो नियन्त्रणका पूर्वतयारीले पनि महत्वपूर्ण भूमिका खेलेका छन् । पतझरका कारण जोखिममा रहने पाखापखेरामा समेत वन जोगिनु सकारात्मक संकेतका रूपमा लिइएको छ ।
जिल्लाभर रहेका ५ सय २५ सामुदायिक वनहरू सुरक्षित रहँदा “हरियो वन नेपालको धन” भन्ने नाराले पनि यथार्थ रूप लिएको महसुस गरिएको छ । यद्यपि, वैशाखसम्मको संवेदनशील समय अझै बाँकी रहेकाले निरन्तर सतर्कता अपनाउन सके स्याङ्जाको यो उपलब्धि अन्य जिल्लाका लागि उदाहरण बन्न सक्ने देखिन्छ ।
सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !