पोखरामा पहिलोपटक आयोजना गरिएको पोखरा फ्लेयर मास्टर च्यम्पियनसिपको उपाधि इटहरीका राई बादशाह किराँतले जितेका छन् ।
उनले अन्य ३६ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जिते । कार्यक्रम कान्तिपुर होटेल ट्रेनिङ सेन्टर पोखराको आयोजना, कान्तिपुर टुरिजम एन्ड होटेल म्यानेजमेन्ट कलेज पोखराको सहकार्य एवं सेतो बाघको प्रस्तुतिमा भएको हो ।
नेपाली बार टेन्डरलाई उजागर गर्दै व्यावसायिक तालिमलाई विश्वव्यापी रोजगारीको बाटोका रूपमा स्थापित गर्ने उद्देश्यसमेत रहेको यो राष्ट्रियस्तरको च्याम्पियनसिप हो ।
यसमा बुटवलका रोशन चौधरी उपविजेता, काठमाडौंका नवीन धामी तेस्रो, बुटवलका रेशम गुरुङले चौथो स्थान हात पारे । यसैगरी, इटहरीका उनै राई कक्टेलल बनाउने र काठमाडौंका विनोद गुरुङ उत्कृष्ट बोटल घुमाउने कलामा उत्कृष्ट भए ।
विजेताले ४० हजार नगद, बार टुल सेटसँगै प्याराग्लाइडिङको टिकटलगायत पुरस्कार पाएका छन् ।

त्यस्तै, उपविजेताले २५ हजार नगदसँगै बार सामग्री, तेस्रोले १५ हजार नगद र बार सामग्री, चौथोले सात हजारसँगै बार सामग्री प्राप्त गरेका छन् । साथै, उत्कृष्ट कक्टेलले पाँच हजार नगद र बन्जी जम्पको टिकट, उत्कृष्ट बोतल घुमाउने कलाले पाँच हजार नगद पुरस्कार पाए । सँगै विजेता सबै ६ जनाले ट्रफी, गिफ्टह्याम्पर, सम्मानपत्र र प्रमाणपत्रसमेत पाए ।
आयोजक कान्तिपुरका संस्थापक अध्यक्ष विजय पौडेलका अनुसार बारटेन्डरले दुईभन्दा बढी पेय पद्धार्थका बोतल घुमाएर नचाएर ग्राहकलाई खुसी बनाउनेसम्बन्धी प्रतियोगिता भएको हो । सहभागी अन्य सबैलाई मायाको चिनो र सहभागिताको प्रमाणपत्र वितरण गरिएको पौडेलले बताए ।

उक्त प्रतियोगितामा देशभरबाट आएका व्यावसायिक बारटेन्डरहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए। काठमाडौं, बुटवल, इटहरी, चितवन, पोखरा लगायतका शहरबाट सहभागी ३७ जना प्रतिस्पर्धीबीच उत्कृष्ट प्रदर्शनका आधारमा सुरूमा टप ११ छनोट गरिएको थियो ।
१. राई बादशाह किराँत – इटहरी
२. रोशन चौधरी – बुटवल
३. नबिन धामी – काठमाडौं
४. रेशम गुरुङ – बुटवल
५. सुभाष तामाङ – इटहरी
६. अभिषेक जोशी – बुटवल
७. आयुष राई – बिर्तामोड
८. राशिम श्रेष्ठ – बुटवल
९. बिनोद गुरुङ – काठमाडौं
१०. बिबेक पाण्डे – पोखरा
११. क्षितिज कार्की – तरहरा
संस्थापक पौडेलले यो प्रतियोगितामार्फत युवालाई अन्तर्राष्ट्रियस्तरको करिअरतर्फ प्रेरित गर्ने र पर्यटन तथा आतिथ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । च्यम्पियनसिपको निर्णायकमा युवराज पुन (काठमाडौं), ऐला विशेषज, सुरज महर्जन (स्टेप अप हस्पिटालिटी), विष्णु सारू र सिटिइभिटीका शैलेन्द्र शाही थिए ।
वि.सं. २०६० सालमा स्थापना भएको कान्तिपुर होटल ट्रेनिङ सेन्टरले हालसम्म २८ हजार भन्दा बढीलाई तालिम प्रदान गरिसकेको छ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन