पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजनामा प्रथम पिसिएम प्लस टु फुटसल टुर्नामेण्ट हुने भएको छ । ‘च्याम्पिन फर टुडे, लिडर्स फर टुमारो’ भन्ने नाराका साथ हुने उक्त प्रतियोगिता यहि जेष्ठ १५ र १६ गते गणेशटोलस्थित बि–फिटमा सञ्चालन गरिने कलेजले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद रु २० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरि द्धितिय हुने समुहले नगद रु १५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । युवा नेतृत्व विकास तथा विद्यार्थी मैत्री गतिविधी बढाउने उद्येश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागेको कलेजका प्राचार्य लिना नेगी श्रेष्ठले बताइन् ।
खेल संयोजक प्रतिक राइका अनुसार प्रतियोगितामा झण्डै २० कलेजको सहभागिता रहने छ । १२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगितामा भाग लिन दर्ता शुल्क लाग्नेछैन । यसैगरी, कलेजले सोहि मितिमा अन्तर कलेज पब्जी प्रतियोगिता पनि गर्दैछ । पब्जीमा प्रथम हुनेले नगद रु १० हजार तथा द्धितियले नगद रु ५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
जेष्ठ ३० र ३१ गते कलेजकै खेल मैदानमा छात्र/छात्रा बास्केटबल प्रतियोगिता हुनेछ । बास्केटबलमा छात्रतर्फ प्रथम हुनेले नगद रु १५ हजार तथा द्धितियले नगद रु १० हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने बिबिए दिवा तथा बिबिए फाइनान्स संयोजक सरोज कुँवरले जनाए । छात्रातर्फ प्रथम हुनेले नगद रु १० हजार तथा द्धितियले नगद रु ५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित खबर
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्
स्याङ्जामा फरार दुई जना पक्राउ
स्याङ्जा–कास्कीका खानेपानी योजनामा विद्युत् खर्चमा ४८ लाख बढी अनुदान
पढाइसँगै तरकारी खेती, पञ्चकन्या माविका विद्यार्थी आत्मनिर्भरतर्फ
सेती नदीमा हामफालेका भारतीय युवक मृत फेला
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’