काठमाडौं — अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले समग्र आर्थिक सूचकमा सुधार देखिएको उल्लेख गर्दै विशेषगरी पर्यटन क्षेत्र उत्साहजनक पुनरुत्थान भएको उल्लेख छ ।
आर्थिक सर्वेक्षणअनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ६२ हजार पुगेको छ । कोरोना महामारीपछिको सुस्त अवस्थाबाट पर्यटन क्षेत्र क्रमशः लयमा फर्किएको सरकारको दाबी छ ।
सर्वेक्षणमा पर्यटकको औसत बसाइ अवधि पनि बढेर १६.३४ दिन पुगेको उल्लेख छ । यस्तै, नेपाल बसाइका क्रममा एक पर्यटकले प्रतिदिन औसत ३३.०८ अमेरिकी डलर खर्च गर्ने गरेको तथ्यांक सार्वजनिक गरिएको छ ।
नागरिक उड्डयन तथा हवाई पूर्वाधारतर्फ पनि प्रगति देखिएको सर्वेक्षणमा उल्लेख छ । हाल देशभर ३५ वटा विमानस्थल सञ्चालनमा रहेका छन् । नेपालमा हवाई सेवा प्रदान गर्न ३२ वटा अन्तर्राष्ट्रिय तथा २० वटा आन्तरिक वायुसेवा कम्पनी सक्रिय रहेको जानकारी दिइएको छ ।
अर्थमन्त्री वाग्लेले पर्यटन र हवाई पूर्वाधार क्षेत्रमा देखिएको सुधारले मुलुकको आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ: ओली
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु