पोखरा । गण्डकी प्रदेशका लागि ‘ओमोडा जेको’ तथा ‘आइकार’ सवारी साधनहरूको आधिकारिक विक्रेता इलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ‘ओमोडा ई ५ प्रो’ शुक्रबार सार्वजनिक गर्दैछ । पोखरा इभेन्ट सेन्टरमा विशेष कार्यक्रमसहित गाडी सार्वजनिक हुने इलाइट मोटर्सका प्रवन्ध निर्देशक शिव बरालले जानकारी दिए ।
यसैबीच, सो अवसरलाई कम्पनीले ‘सेलिब्रेसन इभेन्ट’समेत गर्ने भएको छ । यस अगाडि पोखरामा बिक्री भएका ओमोडा, जेको र आइकारका ग्राहकलाई भेला गराउने तयारी कम्पनीले गरेको छ । सो अवसरमा सहभागी ग्राहकले आफ्नो ब्राण्डको ब्याट्री वारेन्टीलाई विस्तार गर्ने सुविधा पाउनेछन् । यस अगाडि बिक्री भएका ओमोडा, जेको र आइकारको ब्याट्री वारेन्टी ११ वर्षमा विस्तार गर्ने सुविधाले ग्राहकहरु लाभान्वित हुने र ब्राण्डप्रतिको विश्वास थप बढ्ने कम्पनीले विश्वास लिएको छ ।
‘पोखरा तथा गण्डकी प्रदेशमा ओमोडा जेको परिवारले हासिल गरेको उल्लेखनीय सफलताको उत्सव मनाउन पाउँदा हामी गौरवान्वित छौं,’ बरालले भने । पोखरा बजारमा प्रवेश गरेयता ब्रान्डले सयौं ग्राहकको विश्वास जित्न सफल भएको उनले जानकारी दिए । पोखराका सडकमा ३५० भन्दा बढी ओमोडा इ५, १०० भन्दा बढी जेको जे६, तथा ६० भन्दा बढी आइकार गुडिरहेका छन् ।

यस ऐतिहासिक उपलब्धिको सम्मान गर्दै तथा आफ्ना ग्राहकप्रति आभार व्यक्त गर्न ओमोडा जेको नेपालले विशेष ग्राहक सम्मान कार्यक्रमअन्तर्गत पोखराका विद्यमान ओमोडा इ५ का ग्राहकलाई ११ वर्षसम्मको विस्तारित वारेन्टी प्रदान गर्ने घोषणा गरिँदै छ । यो पहलले ब्रान्डको गुणस्तर, प्रविधि तथा ग्राहक सन्तुष्टिप्रतिको दृढ प्रतिबद्धतालाई झल्काउनेछ ।
कम्पनीले पोखराका सम्पूर्ण ओमोडा तथा जेको ग्राहकलाई जेठ २२ गते (५ जुन २०२६) शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणासमेत गरेको छ । कार्यक्रममा सहभागीहरूले ओमोडा जेको परिवारसँग पुनः भेटघाट गर्नुका साथै नयाँ ओमोडा इ५ प्रोको प्रत्यक्ष अनावरणको अनुभव लिन सक्नेछन् ।
ग्राहकको निरन्तर विश्वास, समर्थन तथा माया नै ओमोडा जेकोको सफलताको प्रमुख आधार भएको उल्लेख गर्दै कम्पनीले आगामी दिनहरूमा पनि उत्कृष्ट उत्पादन तथा सेवामार्फत ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
ओमोडा ई ५ प्रो का विशेषता
कम्पनीले ओमोडा ई५ प्रोको आधिकारिक मूल्य सिंगल टोनका लागि ५१.५९ लाख र ड्युअल टोनका लागि ५१.९९ लाख रुपैयाँ निर्धारण गरेको छ ।
ओमोडा ई५ प्रोमा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ । जसले २८८ एनएम टर्क पैदा गर्छ । यसले एक पटकको फुल चार्जमा ३५० किलोमिटर (डब्लूएलटीपी) सम्मको रेन्ज दिने कम्पनीको दाबी छ । नेपालका सडक अवस्थालाई ध्यानमा राख्दै यसमा १९१ एमएमको ग्राउण्ड क्लियरेन्स र १८ इन्चको अलोय ह्विल राखिएको छ।
गाडीको भित्री भागमा १५.६ इन्चको विशाल इन्फोटेनमेन्ट डिस्प्ले, आठ वटा सोनी स्पिकर, ड्राइभर मसाज सि, इलेक्ट्रिक सनरुफ जस्ता फिचर छन् । यसमा १९ भन्दा बढी एडास (Advanced Driver Assistance System – ADAS) फिचरहरू र ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा सिस्टम पनि छ ।
सम्बन्धित खबर
ब्राउन सुगरसहित स्याङ्जाबाट दुई जना पक्राउ
काठमाडौँ– २ र ९ लाई प्राथमिकतामा राख्दै आशिकाले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
सीएम स्वीमिङ पुल अब नयाँ व्यवस्थापनमा, स्तरोन्नतिसँगै बन्यो ‘पोखरा सेन्ट्रल ओयसिस’
पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल हुँदै
प्रधानमन्त्री ओली पोखरामा भोलि
यो पनि पढौँ
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने