पोखरा–१२ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र रानाभाटलाई बाल यौन दुव्र्यवहारको आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र पासवानका अनुसार रानाभाटलाई शुक्रबार पक्राउ गरी कास्की जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । प्रहरीका अनुसार पीडित बालबालिकाको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो
उजुरीमा रानाभाटले बालबालिकालाई विभिन्न प्रलोभन देखाउने, अनुचित प्रस्ताव राख्ने, शरीरका संवेदनशील अंगहरूमा अनुचित रूपमा छुने तथा लामो समयदेखि यस्ता व्यवहार दोहोर्याउँदै आएको आरोप लगाइएको छ । उजुरीमा उनले घटनाबारे कसैलाई जानकारी दिए परिणाम राम्रो नहुने भन्दै बालबालिकालाई डर र धम्कीसमेत दिने गरेको उल्लेख छ ।
यस्ता व्यवहार पटक–पटक दोहोरिएपछि केही बालबालिकाले बाल अधिकारका सरोकारवाला र स्थानीय अभिभावकको सहयोगमा उजुरी दिएका थिए । त्यसपछि प्राप्त उजुरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गर्दै रानाभाटलाई पक्राउ गरेको जनाएको छ । डिएसपी पासवानका अनुसार घटनाको थप अनुसन्धान जारी छ । प्रहरीले प्रमाण संकलन, पीडित तथा सम्बन्धित व्यक्तिहरूको बयान लिने लगायत प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।
रानाभाटले शक्तिमा पुगेकाहरुको आड लिएर विद्यालयलाई अनुत्तरदायी तवरले चलाउँदै आएको, यसअघिको व्यवस्थापन समितिलाई पनि अटेर गरेको लगायत आरोप स्थानीयले लगाएका छन् । शिक्षाका सरोकारवाला निकायमा पहुँच पु¥याई व्यवस्थापन समितिमा पनि उनले आफू अनुकुलका व्यक्तिको प्रवेश गराउने आरोप पनि छ ।
सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो