स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ मा लगातारको वर्षा र वन्यजन्तुको आक्रमणका कारण किसानले लगातार क्षति बेहोर्नुपरेको छ ।
बिहीबार बिहान अविरल वर्षाका कारण एक किसानको गोठ भत्किँदा तीन चौपाया मरेका छन् भने अघिल्लो दिन चितुवाले कुखुरा फार्ममा पसेर ६० वटा ब्रोइलर कुखुरा नष्ट गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान पुतलीबजार–१३ हल्लेखोलाका सागर थापाको ढुङ्गा–माटोले बनेको टिनले छाएको दुईतले गोठ अविरल वर्षाका कारण भत्किएको हो ।
गोठ भत्किँदा भित्र रहेका छ वटा भैँसी तथा पाडामध्ये एक भैँसी र दुई पाडो पुरिएर मरेका छन् । अन्य तीन वटा भैँसी भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो भने थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।
यसअघि बुधबार बिहान सोही नगरपालिका–१३ गिजिङडाँडास्थित इन्द्रबहादुर गोदारले सञ्चालन गरेको विष्णु कृषि तथा पशुपन्छी फार्ममा चितुवा पसेर कुखुरामाथि आक्रमण गरेको थियो ।
प्रहरीका अनुसार फार्ममा रहेका ११० वटा ब्रोइलर कुखुरामध्ये २५ वटा मृत अवस्थामा फेला परेका छन् भने ३५ वटा कुखुरा हराएका छन् । हराएका कुखुरा चितुवाले लगेको अनुमान गरिएको छ । ५० वटा कुखुरा भने सुरक्षित रहेका छन् । चितुवाको आक्रमणबाट फार्मको संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
लगातारको प्राकृतिक विपत्ति र वन्यजन्तुको आक्रमणले किसानको जनधनमा क्षति बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले घटनाबारे आवश्यक अनुसन्धान तथा विवरण संकलनको काम जारी रहेको जनाएको छ । सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार दुवै घटनाको आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
माइक्रोबसको ठक्करबाट महिला घाइते
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
यो पनि पढौँ
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो