अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

अरौंदी खोलाले बगाउँदा स्याङ्जामा २१ वर्षीय युवा बेपत्ता

Araudikhola-pbnp

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् । अविरल वर्षापछि बढेको खोलाले पुतलीबजार नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगरलाई बगाएको हो ।

गए राति मोटरसाइकलमा पुतलीखेतबाट स्याङ्जा बजारतर्फ आउँदै गरेका मगर अरौंदी खोलाको कजवे पार गर्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीका अनुसार मगर ग ११ प ८१८३ नम्बरको मोटरसाइकलमा सवार थिए । कजवे तर्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाए पनि मोटरसाइकल भने घटनास्थलमै फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रन्जित सिंह राठौरले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीद्धारा बेपत्ता मगरको खोजी भइरहेको जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ