बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद

बेवारिसे भरुवा बन्दुक र कारतुस बरामद

Muzzle-loading gun and cartridges seized

स्याङ्जाको गल्याङ नगरपालिका–११ मा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक र त्यससँग सम्बन्धित सामग्री प्रहरीले बरामद गरेको छ ।

बिहीबार साँझ गल्याङ–११ नगरकोट छाउनेपानी क्षेत्रमा ती सामग्री फेला परेका हुन् ।

प्रहरीको गस्ती तथा खोजतलासका क्रममा बेवारिसे अवस्थामा रहेको एक थान बेसाबुत एकनाले भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।

त्यसैगरी घटनास्थलबाट भरुवा बन्दुकको एक थान नाल र एक थान कारतुसको नालसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद हतियार तथा सामग्री कसले र के प्रयोजनका लागि त्यहाँ राखेको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक अवस्थीले बताए । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको समेत जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ