पोखरा — युनिस्टार एजुकेशन प्रा.लि. पोखराले आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको अवसरमा पोखरा–१७ स्थित वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई लक्षित गरी रासन तथा खाद्यान्न वितरण गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो।
पोखराको सिद्धार्थचोकमा वि.सं. २०७३ साल भदौ महिनामा स्थापना भएको युनिस्टार एजुकेशनले हाल अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा, न्यूजिल्यान्डलगायतका देशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको जनाएको छ। संस्थाले विद्यार्थीलाई शैक्षिक परामर्शसँगै IELTS, PTE र TOEFL तयारी कक्षासमेत सञ्चालन गर्दै आएको छ।
युनिस्टार एजुकेशन नेपाल शिक्षा तथा शैक्षिक परामर्श संघ (ECAN) को सदस्य संस्था रहेको जनाएको छ। संस्थामा अनुभवी तथा तालिमप्राप्त परामर्शदातामार्फत शैक्षिक परामर्श प्रदान गरिनुका साथै ब्रिटिस काउन्सिल र पियर्सन पिटिईबाट तालिम प्राप्त प्रशिक्षकबाट IELTS, PTE र TOEFL कक्षाहरू सञ्चालन हुँदै आएका छन्।
संस्थाका अनुसार विभिन्न देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिसँगको सहकार्यमा विद्यार्थीलाई परामर्श दिइँदै आएको छ। विगत १० वर्षमा हजारौं विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गरेको युनिस्टारले विद्यार्थीको हितलाई प्राथमिकतामा राख्दै उपयुक्त कोर्स तथा विश्वविद्यालय छनोटमा सहयोग गर्दै आएको जनाएको छ।
दशौं वार्षिकोत्सवको अवसरमा संस्थाले IELTS, PTE र TOEFL कक्षामा विशेष छुटको व्यवस्थासमेत गरेको छ। आगामी दिनमा अन्तर्राष्ट्रिय शिक्षालाई नेपाली विद्यार्थीको पहुँचमा पुर्याउन सेवाहरूलाई थप प्रभावकारी र विश्वसनीय बनाउँदै लैजाने संस्थाको योजना छ।
नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्दै आफ्ना सेवाहरू विस्तार गर्ने र विद्यार्थी तथा अभिभावकको मन जित्ने लक्ष्यसहित अघि बढिरहेको युनिस्टारले जनाएको छ।
सम्बन्धित खबर
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
हिसान कास्कीको वक्तृत्वकला प्रतियोगितामा प्रतिभा माविका विद्यार्थी उत्कृष्ट
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने