पोखरा महानगरपालिका १३ का अध्यक्ष किरण बरालले बाँकी कार्यावधिको पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
उनले बुधबार रसुवामा गएको बाढीले धनजनको क्षति गरेकाले सरकारको राहत कोषमा पारिश्रमिक जम्मा गरिदिने र बाँकी कार्यकाल समयको मासिक तलब नलिने घोषणा गरेका हुन् ।
बरालले प्रभावित र पीडित परिवारलाई तत्काल राहत तथा सहयोगको आवश्यकता रहेको भन्दै आजदेखि प्राप्त हुने आफ्नो मासिक पारिश्रमिक सरकारी राहत कोषमा योगदान गर्ने निर्णय गरेको बताएका हुन्।
उनले आफ्नो सानो योगदान विपद्मा परेका तथा वास्तविक रूपमा राहतको आवश्यकता भएका नागरिकसम्म पुग्न सकोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
‘जनप्रतिनिधिको पद केवल सेवा, सुविधा र अधिकारका लागि मात्र होइन, जनताको दुःखमा साथ दिन र आफ्नो तर्फबाट सक्दो योगदान गर्नका लागि पनि हो,’ अध्यक्ष बरालले भनेका छन्।
बरालले विपद्को कठिन घडीमा सम्पूर्ण नेपालीलाई एकजुट भएर पीडित नागरिकको उद्धार, राहत तथा सहयोगमा जुट्न अपिलसमेत गरेका छन्। ‘मेरो सानो योगदान विपद्मा परेका नागरिकका लागि ठूलो आशा बन्न सकोस्,’ उनले भनेका छन्।
नेपाली काँग्रेसका युवा नेता बराल २०७९ जेठको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
सम्बन्धित खबर
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
हिसान कास्कीको वक्तृत्वकला प्रतियोगितामा प्रतिभा माविका विद्यार्थी उत्कृष्ट
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने