काठमाडौँ — यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । मलेसियामा भइरहेको प्रतियोगिताको शनिबार भएको फाइनलमा नेपालले उपाधि रक्षा गरेको हो ।उपाधिसँगै नेपाल लगातार दोस्रो पटक एकदिवसीय एसिया कपमा छनोट भएको छ ।
२०२३ मा घरेलु भूमिमा भएको यस प्रतियोगिताको फाइनलमा नेपालले यूएईलाई नै ७ विकेटले पराजित गर्दै पहिलो पटक एसिया कप खेलेको थियो । एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले मात्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कपमा खेल्न पाउने प्रावधान रहेको छ ।

आसिफको शतकमा बनेको विजयको आधार
ओपनिङ ब्याटर आसिफ शेखको शतकमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई ३ सय १३ रन बनाएको थियो । आसिफले १ सय ६ बलमा १ सय २ रन बनाएपछि क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा चम्किलो ब्याटिङ गरेका थिए । जवाफमा ओपनर तानिस सुरीको आक्रामक ब्याटिङको बेग र राहुल चोपराको शतकलाई पन्छाउँदै नेपालले यूएईलाई ४९.२ ओभरमा २ सय ६९ रनमा अलआउट गर्यो ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा यूएईविरुद्ध बनाएको यो उच्च स्कोर हो । मेमा कीर्तिपुरमा नेपालले यसअघि यूएईविरुद्ध २ सय ८९ रन बनाएको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा ३ सय रनमाथिको स्कोर बनाएको यो केवल चौथो पटक हो । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो उच्च स्कोर हो ।
आसिफले ८ चौका र ४ छक्का प्रहार गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो दोस्रो शतक बनाए । यसअघि २०२३ को मार्चमा उनले पपुवा न्युगिनीविरुद्ध कीर्तिपुरमा १ सय १० रन बनाएका थिए ।
यूएईमाथि लगातार दोस्रो जित
नेपालले फाइनलमा यूएईलाई लगातार दोस्रो पटक पराजित गरेको हो । यूएईले अपराजित यात्राका साथ फाइनल खेलेको थियो । पहिलो तीन खेल जितेर सेमिफाइनलमा सुरक्षित भएको नेपाल भने समूह चरणको अन्तिम खेलमा हङकङसँग १५ रनले पराजित भएको थियो । नेपालले सेमिफाइनलमा १ सय ४७ रन मात्र बनाउन सके पनि ओमानलाई ८७ रनले पराजित गरेको थियो ।
सम्बन्धित खबर
डिफेन्डिङ च्याम्पियन लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम रोयल्स ७ विकेटले पराजित
एनपीएलको विजेताले १ करोड ५० लाख पाउने, चौथोलाई समेत पुरस्कारको व्यवस्था
‘पहिले सरकारबाट क्रिकेटमा पुरस्कार आइरहेको थियो अहिले खै के कारणले रोकियो ?’
एनपीएलको सम्पूर्ण तयारी पूरा, नेपालमा पहिलो पटक डिआरएस प्रविधि
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
दोस्रो होमबहादुर राना कप क्लबस्तरीय खुला पुरुष भलिबल हुने, विजेतालाई दुई लाख
यो पनि पढौँ
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
६ हजार ३ सयभन्दा बढी यात्रुले लिए सेवा, उडानको समय तालिका परिवर्तन, सन् २०२७ सम्म बुकिङ खुला