काठमाडौँ — यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । मलेसियामा भइरहेको प्रतियोगिताको शनिबार भएको फाइनलमा नेपालले उपाधि रक्षा गरेको हो ।उपाधिसँगै नेपाल लगातार दोस्रो पटक एकदिवसीय एसिया कपमा छनोट भएको छ ।
२०२३ मा घरेलु भूमिमा भएको यस प्रतियोगिताको फाइनलमा नेपालले यूएईलाई नै ७ विकेटले पराजित गर्दै पहिलो पटक एसिया कप खेलेको थियो । एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले मात्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कपमा खेल्न पाउने प्रावधान रहेको छ ।

आसिफको शतकमा बनेको विजयको आधार
ओपनिङ ब्याटर आसिफ शेखको शतकमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई ३ सय १३ रन बनाएको थियो । आसिफले १ सय ६ बलमा १ सय २ रन बनाएपछि क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा चम्किलो ब्याटिङ गरेका थिए । जवाफमा ओपनर तानिस सुरीको आक्रामक ब्याटिङको बेग र राहुल चोपराको शतकलाई पन्छाउँदै नेपालले यूएईलाई ४९.२ ओभरमा २ सय ६९ रनमा अलआउट गर्यो ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा यूएईविरुद्ध बनाएको यो उच्च स्कोर हो । मेमा कीर्तिपुरमा नेपालले यसअघि यूएईविरुद्ध २ सय ८९ रन बनाएको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा ३ सय रनमाथिको स्कोर बनाएको यो केवल चौथो पटक हो । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो उच्च स्कोर हो ।
आसिफले ८ चौका र ४ छक्का प्रहार गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो दोस्रो शतक बनाए । यसअघि २०२३ को मार्चमा उनले पपुवा न्युगिनीविरुद्ध कीर्तिपुरमा १ सय १० रन बनाएका थिए ।
यूएईमाथि लगातार दोस्रो जित
नेपालले फाइनलमा यूएईलाई लगातार दोस्रो पटक पराजित गरेको हो । यूएईले अपराजित यात्राका साथ फाइनल खेलेको थियो । पहिलो तीन खेल जितेर सेमिफाइनलमा सुरक्षित भएको नेपाल भने समूह चरणको अन्तिम खेलमा हङकङसँग १५ रनले पराजित भएको थियो । नेपालले सेमिफाइनलमा १ सय ४७ रन मात्र बनाउन सके पनि ओमानलाई ८७ रनले पराजित गरेको थियो ।
सम्बन्धित खबर
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको दोस्रो दिन ३० खेल सम्पन्न
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने