‘पहिले सरकारबाट क्रिकेटमा पुरस्कार आइरहेको थियो अहिले खै के कारणले रोकियो ?’

क्रिकेट

‘पहिले सरकारबाट क्रिकेटमा पुरस्कार आइरहेको थियो अहिले खै के कारणले रोकियो ?’

अहिले खेलाडीहरुले पुरस्कार पाउन सकेका छैनन्

Npl-press-meet

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले हाल क्रिकेट टिमले पोत्साहनस्वरुप पुरस्कार प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।

क्यानद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले यस्तो बताएका हुन् ।

उनले भने ‘पछिल्लो सरकारले एसिया च्याम्पियन हुने, उपमहादेशमा विजेता, दोस्रो तथा तेस्रो हुने टिमलाई पुरस्कारको व्यवस्था गरिराखेको थियो । तर, अहिले केही कारणले खेलाडीहरुले पुरस्कार पाउन सकेका छैनन् । सरकारलाई यसबारे ध्यानाकर्षण गराउँछु ।’

उनले अगाडि भने ‘सरकारले विजेता हुने टिमलाई राष्ट्रिय खेलकुद परिषद्को पुरस्कारको कार्यविधि छ त्यसमा क्रिकेटलाई प्राथमिकतामा राख्न आग्रह गर्छु ।’

यस्तै, अध्यक्ष चन्दले एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टिमलाई एकमुष्ट रुपमा ३० लाख पुरस्कारस्वरुप प्रदान गर्ने घोषणा पनि गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ