एनपीएलको विजेताले १ करोड ५० लाख पाउने, चौथोलाई समेत पुरस्कारको व्यवस्था

क्रिकेट

एनपीएलको विजेताले १ करोड ५० लाख पाउने, चौथोलाई समेत पुरस्कारको व्यवस्था

can-press-meet

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को विजेताले डेढ करोड पुरस्कार पाउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलनमार्फत पुरस्कार राशीको घोषणा गरेको हो ।

यस्तै, उपविजेताले ८० लाख प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ । चौंथो स्थान हासिल गर्ने टोलीलाई पनि पुरस्कार दिइनेछ । उसले ३० लाख प्राप्त गर्नेछ ।

८ टीम सहभागी प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ । पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले तथा दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ