पोखरा । माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दुई दिनमै उत्साहजनक व्यापार गरेको छ। शुक्रबार र शनिबार गरी चलचित्रले नेपालभर ४५ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्देशक गुरुङले बताएका छन्।
चलचित्रले पोखराबाट मात्रै करिब १५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। पोखरामा प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको राम्रो साथ पाएको चलचित्रले शनिबार पनि अधिकांश शोमा उत्साहजनक अकुपेन्सी कायम राखेको थियो।
पोखराका क्युएफएक्स सिनेमाज र मिडटाउन सिनेमाजबाट मात्रै शुक्रबार र शनिबार १५ लाख २७ हजार रुपैयाँ ग्रस कलेक्सन भएको निर्माण पक्षले जनाएको छ। यी दुई हलमा ४ हजार ७ जना दर्शकले चलचित्र हेरेका छन्।
आइतबार दुवै हलमा पाँच–पाँच शो राखिएकोमा सबै शो हाउसफुल भएको निर्माण पक्षले जनाएको छ।

पोखरासँगै काठमाडौंलगायत देशका विभिन्न शहरमा पनि चलचित्रले राम्रो दर्शक पाइरहेको निर्माण पक्षको दाबी छ। पहिलो दुई दिनको व्यापार र दर्शक प्रतिक्रियाले ‘पेन्सन पट्टा’ले बक्सअफिसमा बलियो सुरुवात गरेको संकेत गरेको छ।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, सुरज तमु, माया गुरुङ, विश्वास गुरुङलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको लेखन तथा निर्देशन माओत्से गुरुङले गरेका हुन्।
विशेषगरी लाहुरे जीवन, पेन्सनपछिको अवस्था, पारिवारिक सम्बन्ध र सामाजिक परिवेशलाई कथाको आधार बनाइएको चलचित्रले पहिलो सप्ताहन्तमै दर्शकको उल्लेख्य साथ पाएको निर्माण पक्षको भनाइ छ।
नेपालभर दुई दिनमा ४५ लाख रुपैयाँभन्दा बढी र पोखराबाट मात्रै करिब १५ लाख रुपैयाँ ग्रस कलेक्सन भएपछि ‘पेन्सन पट्टा’को आगामी व्यापारलाई लिएर निर्माण पक्ष उत्साहित देखिएको छ।
सम्बन्धित खबर
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने