पोखरा । माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दुई दिनमै उत्साहजनक व्यापार गरेको छ। शुक्रबार र शनिबार गरी चलचित्रले नेपालभर ४५ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्देशक गुरुङले बताएका छन्।
चलचित्रले पोखराबाट मात्रै करिब १५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। पोखरामा प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको राम्रो साथ पाएको चलचित्रले शनिबार पनि अधिकांश शोमा उत्साहजनक अकुपेन्सी कायम राखेको थियो।
पोखराका क्युएफएक्स सिनेमाज र मिडटाउन सिनेमाजबाट मात्रै शुक्रबार र शनिबार १५ लाख २७ हजार रुपैयाँ ग्रस कलेक्सन भएको निर्माण पक्षले जनाएको छ। यी दुई हलमा ४ हजार ७ जना दर्शकले चलचित्र हेरेका छन्।
आइतबार दुवै हलमा पाँच–पाँच शो राखिएकोमा सबै शो हाउसफुल भएको निर्माण पक्षले जनाएको छ।

पोखरासँगै काठमाडौंलगायत देशका विभिन्न शहरमा पनि चलचित्रले राम्रो दर्शक पाइरहेको निर्माण पक्षको दाबी छ। पहिलो दुई दिनको व्यापार र दर्शक प्रतिक्रियाले ‘पेन्सन पट्टा’ले बक्सअफिसमा बलियो सुरुवात गरेको संकेत गरेको छ।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, सुरज तमु, माया गुरुङ, विश्वास गुरुङलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको लेखन तथा निर्देशन माओत्से गुरुङले गरेका हुन्।
विशेषगरी लाहुरे जीवन, पेन्सनपछिको अवस्था, पारिवारिक सम्बन्ध र सामाजिक परिवेशलाई कथाको आधार बनाइएको चलचित्रले पहिलो सप्ताहन्तमै दर्शकको उल्लेख्य साथ पाएको निर्माण पक्षको भनाइ छ।
नेपालभर दुई दिनमा ४५ लाख रुपैयाँभन्दा बढी र पोखराबाट मात्रै करिब १५ लाख रुपैयाँ ग्रस कलेक्सन भएपछि ‘पेन्सन पट्टा’को आगामी व्यापारलाई लिएर निर्माण पक्ष उत्साहित देखिएको छ।
सम्बन्धित खबर
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद
भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु