बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत

सहयोग

बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत

baby

पोखरा । राष्ट्रिय बाल दिवस अवसरमा बालहितकारी परियोजना नेपाल, पोखरा–१५ सडक बालकहरुको अस्थायी संरक्षण सेवाअन्तर्गत ज्योति बाल क्लबका बालकहरुले बाढीपीडितलाई सहयोग गरेका छन्।

मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वको एक उदाहरणीय काम गर्दै उनीहरुले आफ्नो खाजा खर्च कटाएर कुल २ हजार ६५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका हुन् ।

बालबालिकालाई मनोरञ्जनमा मात्र सीमित नराखी देशमा परेको विपद् र अप्ठ्यारो परिस्थितिप्रतिको सचेतना र जिम्मेवारीबोध गराउने उद्देश्यले उक्त सहयोग गरिएको बाल क्लब अध्यक्ष रिदम घिमिरेले बताए । पछिल्लो समय देशका विभिन्न भागमा गएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्थापनामा बालबालिकाको तर्फबाट समेत केही हदसम्म भए पनि टेवा पुगोस् भन्ने उद्देश्यसहित कोषमा जम्मा गरिएको बताइएको छ।

बाल दिवसकै अवसरमा क्लबले १० भदौको रसुवा भोटेकोशी/त्रिशूली नदीमा आएको विनासकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झना र आत्माको शान्तिका लागि दीप प्रज्ज्वलन गरेको छ।

सो अवसरमा क्लबका प्रतिनिधिले सानै उमेरदेखि बालबालिकामा समाजसेवा, राष्ट्रिय भावना र परोपकारी सोचको विकास गराउनु आजको प्रमुख आवश्यकता रहेको बताए । उनीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक कल्याणकारी, रचनात्मक तथा विपद् व्यवस्थापनसम्बन्धी सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ