पोखरा । राष्ट्रिय बाल दिवस अवसरमा बालहितकारी परियोजना नेपाल, पोखरा–१५ सडक बालकहरुको अस्थायी संरक्षण सेवाअन्तर्गत ज्योति बाल क्लबका बालकहरुले बाढीपीडितलाई सहयोग गरेका छन्।
मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वको एक उदाहरणीय काम गर्दै उनीहरुले आफ्नो खाजा खर्च कटाएर कुल २ हजार ६५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका हुन् ।
बालबालिकालाई मनोरञ्जनमा मात्र सीमित नराखी देशमा परेको विपद् र अप्ठ्यारो परिस्थितिप्रतिको सचेतना र जिम्मेवारीबोध गराउने उद्देश्यले उक्त सहयोग गरिएको बाल क्लब अध्यक्ष रिदम घिमिरेले बताए । पछिल्लो समय देशका विभिन्न भागमा गएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्थापनामा बालबालिकाको तर्फबाट समेत केही हदसम्म भए पनि टेवा पुगोस् भन्ने उद्देश्यसहित कोषमा जम्मा गरिएको बताइएको छ।
बाल दिवसकै अवसरमा क्लबले १० भदौको रसुवा भोटेकोशी/त्रिशूली नदीमा आएको विनासकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झना र आत्माको शान्तिका लागि दीप प्रज्ज्वलन गरेको छ।
सो अवसरमा क्लबका प्रतिनिधिले सानै उमेरदेखि बालबालिकामा समाजसेवा, राष्ट्रिय भावना र परोपकारी सोचको विकास गराउनु आजको प्रमुख आवश्यकता रहेको बताए । उनीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक कल्याणकारी, रचनात्मक तथा विपद् व्यवस्थापनसम्बन्धी सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित खबर
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने