प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सन् २०२६ को अन्त्यसम्म भारत भ्रमण गर्न सक्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्। प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ छ।
भारतको नयाँदिल्लीमा शुक्रबार आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री बालेनको भारत भ्रमणको सम्भावनाबारे जानकारी दिएका हुन्।
भारतीय सञ्चारमाध्यम एनडीटीभी इन्डियाका अनुसार वाग्लेले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सक्ने बताएका छन्। यद्यपि, भ्रमणको औपचारिक मिति र विस्तृत कार्यतालिका भने सार्वजनिक भएको छैन।
नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित सम्मेलनमा अर्थमन्त्री वाग्ले अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा सहभागी भएका थिए। उनले सम्मेलनअन्तर्गत ‘निकटताबाट समृद्धि : भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रमा सम्बोधन गरेका थिए।
अर्थ मन्त्रालयका अनुसार वाग्ले बिहीबार नयाँदिल्ली पुगेका हुन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको एनडीटीभी वर्ल्ड समिटको सत्रमा समेत अतिथिका रूपमा सहभागी भएका थिए।
प्रधानमन्त्री बालेनको सम्भावित भारत भ्रमणको चर्चा यस्तो समयमा भएको छ, जतिबेला नेपाल र भारतबीच उच्चस्तरीय राजनीतिक संवाद तथा द्विपक्षीय सहकार्यका विषयले महत्त्व पाएका छन्। भ्रमण भएमा दुई देशबीचको राजनीतिक सम्बन्ध, आर्थिक सहकार्य र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गर्न सकिन्छ।
सम्बन्धित खबर
दिल्ली पुगेर अर्थमन्त्री वाग्लेले भने: यो वर्षको अन्त्य सम्ममा प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्नुहुनेछ
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला