सुशासनको नाराले उदाएको रास्वपाले अस्पतालभित्रै गर्‍यो पार्टी भेला, एम्बुलेन्सले ओसार्‍यो कार्यकर्ता

राजनीति

सुशासनको नाराले उदाएको रास्वपाले अस्पतालभित्रै गर्‍यो पार्टी भेला, एम्बुलेन्सले ओसार्‍यो कार्यकर्ता

प्रमुख अतिथि सभामुख डिपी अर्याल

dp-aryal-768×358

बुटवल । यतिबेला रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुलुककै सबैभन्दा ठूलो पार्टी हो । झण्डै दुई तिहाई बहुमत (एक सिट मात्र कम) प्राप्त पार्टीको उदय सुशासनको नारा पनि हो । तर,  रास्वपाले अस्पतालमा ठूलो जमघटसहित भेला गरेर सुशासनको धज्जी उडाएको छ । त्यसमा पनि प्रमुख अतिथि बनेर आए प्रतिनिधि सभाका सभामुख डोलप्रसाल अर्याल ।

शुक्रबार अपरान्ह बुटवलस्थित लायन्स आँखा अस्पतालमा कार्यक्रम भएको हो । पार्टीको कार्यक्रम भनेपछि सभामुख अर्याल सतर्क भएको त देखिन्थे तर पार्टीको नेताको अध्यक्षता र सञ्चालनमा भएको कार्यक्रमममा सहभागीले उसैगरी प्रश्नहरु राखेका थिए । त्यहाँ पार्टीको कुनै ब्यानर त राखिएन र अर्याल आफैँले घुमाउरो तरिकाले आफू साझा भएको प्रष्टिकरण दिइरहेका थिए तर व्यवहारले त्यसो देखाउँदैनथ्यो । सभामुख अर्यालले आफू साझा बन्नुपरेकाले जनताका कुरा उठाउन सहभागीलाई आग्रह गरेका थिए ।

तर त्यो रास्वपाको नगर, प्रदेश र संघका नेता तथा कार्यकर्ताहरु सहभागी रहेको भेला नै थियो । लायन्स आँखा अस्पतालमा शुक्रबार अपरान्हसम्म सेवाग्राहीको भीडभाड नै थियो । ३० वर्षदेखि बुटवलमा लायन्स क्लबको अगुवाई सञ्चालनमा रहेका आँखा अस्पतालले लायन्स नै रहेका सभामुख अर्याललाई सम्मान गर्ने कार्यक्रम अलग्यै सानो हलमा राखेको थियो । तर अर्को ठूलो हलमा रास्वपाका कार्यकर्ताहरुको भेला राखिएको थियो । खचाखच भरिएको हलमा पहिलेबाटै कार्यकर्ता भरिए पनि अस्पतालको कार्यक्रममा भने उनीहरु धेरैलाई प्रवेश गर्न दिइएको थिएन ।

केही अतिथि तथा कार्यकर्तालाईसमेत एम्बुलेन्समार्फत् ल्याइएको भन्दै प्रश्न उठाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ